Monday, May 20, 2019

Bird's world

Hello world 


Red Vented Bulbul  looks busy eating. 
Yellow Vented Bulbul #TheJoyOfSmallThings

Hello world, let me take some rest. 

Red vented Bulbul


Magpie 

Red Vented Bulbul

Thursday, December 6, 2018

दोस्रो दर्जाकी ‘देवी’


म त महिलालाई देवी मान्छु, देवी जसरी सम्मान गरेर पुज्छु ।’ महिलाप्रतिको धारणाको सवालमा चर्चा हुँदा केही मानिसको बनिबनाउ जवाफ यस्तै हुन्छ । समस्याको सुरुआत यहीँबाट हुन्छ । झट्ट सुन्दा आकर्षक सुनिने यो स्टेटमेन्टलाई केलायो भने वास्तविकता फरक छ ।

महिलालाई मानवसरह मान्न तयार नहुनेले नै हो महिलालाई पोस्टर र मूर्तिको रूपमा पुज्ने र पूजाकोठा/घरमा कैद गर्ने । सजिलो छ, महिलालाई देवी करार गर्न । महिलालाई मानवसरह व्यवहार गर्न र उसको स्वतन्त्र अस्तित्व स्वीकार गर्न भने गाह्रो । हिन्दु धर्मावलम्बीको प्रमुख पर्व दसैँलाई स्त्रीशक्ति नवदुर्गाको पर्व, असत्यमाथि सत्यको जित–पर्वका रूपमा मनाइन्छ । ३६५ दिनमा ९ दिन नारीशक्ति महान् भनेर बाँकी दिनमा गरिएका महिलामाथिका हिंसा, विभेद र अपराधको आममाफी मिल्ला त ? वर्षभरि महिला हिंसा र विभेदबारेमा नबोल्नेले तर नौ दिनसम्म आराधना गर्दैमा शक्तिशाली दुर्गाले माफी देलिन् त ?

पूजा कि बहिष्कार ?
नवदुर्गाको पूजामा दुर्गा थाप्ने भन्ने परम्परा हुन्छ, अष्टमीको दिन । पूजाका लागि सरसामग्री महिलाले तयार पार्न हुन्छ । अनौठो कुरा— दुर्गा थाप्न भने महिलाले हुँदैन भनिन्छ । कस्तो विरोधाभास ? दुर्गाको पूजामा स्वयम् दुर्गास्वरूप कहलिनेहरूचैँ बहिष्करणमा ?


मेरो घरमा हार्डवेयर पसल थियो, दसैँताका खोलेकाले नाम नै ‘नवदुर्गा स्टोर्स’ । घरमा पूजाआजा एकदमै कम हुन्थ्यो । खै, त्यो साल नवदुर्गालाई रिझाउने सोच किन आयो ? नवदुर्गाको पूजा आयोजना गरियो । दसैं मुखको हार्डवेयर पसल, स्वभावत: चहलपहल त हुने नै भयो । रङ, चुना, ब्रस, घरको मर्मत–सम्भार गर्ने सिजन भएकाले पसलमा भ्याईनभ्याई । आमा, बाबा र भाइ पूजामा, म पसलमा । पूजामा सामेल भएकाले चोखोनितो हुनपर्ने बाध्यताले भाइको खानपानमा निश्चित खाले प्रतिबन्ध थियो । ऊ मेरो ईष्र्या गथ्र्यो, ‘तैँले त जे खान नि हुने, कस्तो मज्जा । मजस्तो पूजा गर्न पनि नपर्ने ।’



त्यो बेला मख्ख परँे नै । अलिक ढिलो बुझ्दै गएँ, त्यो आफैंमा विभेद थियो । लिंगका आधारमा गरिने विभेदको सुरुआती विन्दु थियो त्यो । देवीको प्रसाद लगाइने हुनाले रजस्वला भएका महिलाले दसँै मनाउन नहुने गरी बहिष्करणमा परेकाको त यहाँ हिसाबकिताबै छैन ।


‘मल्टी–टास्किङ’ महिला

अक्सर महिलाहरू ‘मल्टी–टास्किङ’ मा निपुण हुन्छन् भनिन्छ । एकै पटक धेरै काम नगरी नहुने भएपछि यो काम गराइको बहुआयाम एउटा परिस्थितिजन्य सिर्जित बाध्यतासमेत हो । मूर्तिमा देखिने देवी दुर्गाको ‘स्वैरकल्पना’ को कुरा नगरौं, दस हात फिँजाएर बसेकी देवी । तर, आम दुर्गाहरू दुई हात लिएर दोहोरो बोझ र मल्टी–टास्किङ गर्न बाध्य छन् । घर, कार्यालय, खेतीपाती र सामाजिक दायित्व पनि एकैसाथ निर्वाह गर्नु छ । अक्सर गन्तीमा नआउने तर कहिले प्रशंसा नपाइने घरपरिवारका सदस्यको सानाभन्दा साना आवश्यकताको ख्याल गर्नु र हेरचाह गर्नु त महिला कार्यबोझको महत्त्वपूर्ण हिस्सा नै भयो । ‘महान्, शान्त, सहनशील, अरूको खुसीका लागि आफ्नो खुसीको तिलाञ्जली दिनुपर्ने र सबै कुरा सहन सक्ने धरतीसमान’ भन्ने उपमा भिराइदिएपछि जे जस्तोसुकै काममा पनि ऐयासम्म नभनी सबैतिर भ्याउनुपर्ने बाध्यता कायमै छ, आजको युगमा पनि ।

सुरक्षा चिन्ता 
बाबाले दसंैमा दिने एउटा आशीर्वाद मैले जानेदेखि नै निरन्तर ‘एकनास’ छ— ‘यश ल्याए, अपजश नल्याए ।’ मात्र चार शब्द, कति अर्थ, विश्वास, आशा र सँगै कस्तो भय ? यश ल्याउने प्रतिबद्धता मनैमनले गुने पनि आफ्नो कारणले नभई अन्यान्य परिबन्दले कतै अपजश पो आइलाग्छ कि भनेर म डराउँछु । आफ्नो कुनै गल्ती नभए पनि अरूकै गल्तीका कारण पनि दुर्घटना भागीदार हुनुपरेजस्तै महिलाहरू अनेकानेक दुराशय र कुकृत्यको सिकार बनिरहेकै हुन्छन् । नारीलाई शक्ति मानेर पूजा गर्ने मुलुकमा नारी नै सबैभन्दा कमजोर र पीडित ? सधैं डेमोक्लेसको तरबारमुनि बाँचेझैं त्रसित भएर बाँच्न अभिशप्त हुनुपर्ने कस्तो विडम्बना !



भूमिका सधैं गौण 
मुख्य पदमा महिलाहरू दुर्लभ भएको नेपालमा एकै पटक राष्ट्राध्यक्ष, सभामुख र प्रधानन्यायाधीशमा महिला आसीन रहँदा यो स्त्रीशक्तिको पहलकदमीमा सीमान्तकृत र उत्पीडित पक्षमा कार्य सम्भव होला भन्ने थियो । महिलाका पक्षमा कानुन बन्लान् वा कानुन कार्यान्वयनको गति देखिएला भन्ने थियो । तर, वास्तविकता त्यस्तो देखिएन । दुई पार्टीको एकीकरण गरी बनाइएको सबैभन्दा ठूलो पार्टीले समेत बलमिच्याइँ देखायो । नेकपाले केन्द्रीय, स्थायी, पोलिटब्युरोलगायतका सबै कमिटीमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व हुनैपर्ने प्रावधानलाई लत्याएर देखाइदियो । नागरिकता संशोधन विधेयकले महिलालाई ‘दोस्रो दर्जाको हैसियत’ मा राख्दा सत्तासीन पार्टीका नेतृहरू नै मौनप्राय: बसे ।

नेपाली राजनीतिमा महिलाको सहभागिताको इतिहास लामो भए पनि भूमिका भने सहायकस्तरमै छ । महिला नेतृलाई व्यवस्थापन गर्नकै लागि पार्टीमा महिलाका लागि समर्पित बेग्लै महिला संगठन छन् । महिला नेतृ बेग्लै डफ्फालाई नेतृत्व गर्नु नै सर्वोपरि नठान्लान् तर नेतृत्वको विपक्षमा बोल्दैनन् । स्थानीय सरकारको निर्वाचनमा महिलालाई उपप्रमुख हैसियतमा थन्काइँदा, प्रतिनिधिसभा, प्रदेशसभामा लगभग पुरुषले मात्रै टिकट पाउँदा र मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई पराजित गर्दा महिला नेतृहरू राजनीतिक करियरलाई दाउमा राखेर आम आवाजको पक्षमा बोल्नबाट चुके । नेतृत्व विकासका लागि समय, लगानी, स्रोत र वातावरण चाहिन्छ । के नपालको राजनीतिमा महिलाका लागि पर्याप्त लगानी भएको छ ? 

नेपालको राजनीतिक वृत्त आधारातमा वा ककटेल पार्टीका अनौपचारिक भेलामा निर्णय गर्छन् । तसर्थ अधिकांश महिला नेतृहरू आफू संलग्न पार्टी, समाज र देशका कतिपय पछिल्ला घटनाक्रमबारे अनिभज्ञ रहन्छन् । सदुपयोग गर्न सकेमा सूचना आफैंमा शक्ति हो । सूचनासँग पहुँच नै नभएपछि महिला स्वत: कमजोर हुने नै भए । यही कारण उनीहरू पार्टीमा हस्तक्षेपकारी भूमिकामा छैनन् र नेतृत्वलाई चुनौती दिने साहस गर्दैनन् ।


बाहिरी वृत्तमा महिला
आज हाम्रो समग्र बहस नारीवादमा अड्किएको छ । पितृसत्ताका प्रवद्र्धक र पहरेदारको दृष्टिमा यो देश एकदम ‘पर्फेक्ट’ र गज्जब थियो, नारीवादी आएर सब कुरा बिग्रिएको हो भन्ने छ । महिला हिंसाको खबरसँगै एक हूल मानिसहरू ‘खै त महिला अधिकारकर्मी/नारीवादी’ भनेर खोज्छन् । उनीहरू सितिमिति सोध्दैनन्, ‘अपराधी र उसको संरक्षक खै ?’ महिला बोलेकालाई पोथी बासेको मान्ने हाम्रो समाजमा महिलाहरू सार्वजनिक स्पेसमा आएर बोल्न थालेको पितृसत्ताका हिमायतीलाई पचेको छैन । महिला अधिकारको कुरा गर्नेलाई निकृष्ट रूपमा आक्रमण गरिँदै आएको छ । बाटोघाटो र सभा सम्मेलनमा त छँदै छ, हुँदाहुदै भर्चुअल दुनियाँमा ट्रोलिङको सिकार बन्नुपर्छ, न्याय मागेबापत । न्यायको पक्षमा बोल्नेलाई गरिने तल्लो तहको आक्रमणले कतै हामी सामाजिक सञ्जाल नै असामाजिक जञ्जाल बन्ने संशय उब्जाएको छ । आलोचना, सवालजवाफ, तार्किक बहस स्वागतयोग्य छ । तर, अश्लीलतामा ओर्लेर गरिने गालीगलौजले महिलालाई सार्वजनिक वृत्तमा उभिनुअघि दसौँ पटक सोच्ने बनाएको छ ।

मजाक पात्र 
सार्वजनिक स्थानमा महिलालाई होच्याउनु ट्रेन्डको निरन्तरजस्तै महिलाले गरेको कामलाई पनि जोक जसरी उडाउने र एउटा महिलाप्रति गलत ‘न्यारेटिभ’ को विकास जारी छ । महिलाको वस्तुकरणमा स्वयम् महिला नै पितृसत्ताको मुखपात्र हुन स्विकारेको देख्दा भने टीठ लाग्छ । राजनीतिक वृत्तमा समेत महिलाका मुद्दा अर्थात् अनावश्यक गनगन र टयाँउटयाउँका रूपमा लिइन्छन् । देशको अभिभावकीय अभिभारा बोकेका प्रधानमन्त्रीले महिलाको मुद्दामा बोल्नु एनजीओको टयाँउटयाउँ भन्नु, शक्तिशाली पार्टीका नेताहरूले महिलाका मुद्दा ‘सरकार गिराउने खेल’ भन्नुले नै देखाउँछ— महिला सवालमा राज्य र नेतृत्वको संवेदनशीलता ।

निराशा र उदासी 
बडादसैं संघारमा छ । जयन्ती मंगलाकालीको धुन एकातिर बज्छ र अर्कोतिर निर्मला, सम्झना, पुष्पा, वसन्तीलगायतका लागि न्यायको आवाज गुन्जिन्छ । मूर्तिमा देवीको पूजा हुँदै गर्दा महिलाहरू भने अपराध र हिंसाका सिकार छन् । दिदीबहिनीहरू बलात्कारदेखि तेजाब प्रहारका निन्दनीय कतुर्तबाट ग्रसित बनिरहेका छन्, यसमाथि न्यायबाट समेत वञ्चित भइरहेका छन् । बोक्सी, दाइजोको नाममा हुने दुव्र्यवहार चरम यातना र हत्यासम्म पुगेको छ भने दोषी पहिचान गर्ने र सजाय दिने मामलामा समग्र प्रणाली चुकेको छ ।

फौजदारी न्यायको सामान्य सिद्धान्तले फौजदारी अपराधमा कडा सजाय दिएको देखेर आपराधिक प्रवृत्तिमा कमी आउन सक्छ र सजाय पाउने डरले अपराधसमेत नियन्त्रण हुन्छ भन्ने मान्यता राखिन्छ । महिला हिंसा रोक्ने मामलामा सरकार उदासीन देखिएकाले जनमानसमा दण्डहीनता र अराजकताको संशय पैदा भएको छ, संशय बढेर गएको छ । राज्यले चाहेमा अपराध नियन्त्रण गरी सुरक्षित समाज निर्माण गर्न सम्भव छ । निर्मला पन्तको हत्या र बलात्कार भएको ७५ दिन कटिसक्दा पनि दोषी पत्ता नलागेबाट सरकारी निकायको भूमिका अपराध नियन्त्रणका लागि हस्तक्षेपकारी नभएको प्रस्ट छ । विगतमा नमिता सुनिताकाण्डका दोषीहरू लुकाइए जसरी अहिले अपराधी लुकाइँदै छ भनेर त्रास छाएको छ । 

आम जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने जिम्मेवारी प्राप्त सुरक्षा निकाय, नेपाल प्रहरी नै प्रमाण मेट्न संलग्न हुँदा निलम्बन मात्रै गरिनुले दण्डहीनताविरुद्धको राज्यको प्रतिबद्धतामा नै प्रश्न उब्जिएको छ । अनुसन्धानका सर्वमान्य सिद्धान्तअनुसार अघि बढेरर अदालती प्रक्रिया र न्याय सम्पादनसमेतमा सहयोगी भूमिका खेल्नुको सट्टा मिलेमतोमा घटना मिलाई अपराधी उम्काउने कार्यशैली अघि बढाइएको देखिन्छ । यसले गर्दा जनमानसमा मानसिक एवं मनावैज्ञानिक त्रास उत्पन्न भएको छ । यही कारण समग्रमा प्रहरी, न्यायालय र कानुनी राज्यप्रतिको भरोसा नै डगमगाएको स्थिति छ । यो स्वाभाविक छ—दण्डहीनता मौलाएमा सरकार असफल हुनेछ । र, अर्को अस्थिरता उब्जनेछ ।

न्यायिक ऐक्यबद्धता
शक्तिको आराधना गर्दै स्तुतिगान गाउने हाम्रो धार्मिक परम्परा हो । बडादसैंमा नवदुर्गाको स्तुती गर्दै महिलाहरूलाई अन्याय–अत्याचारविरुद्ध जाग्न र विजय हुन आशीर्वाद दिइन्छ । नवदुर्गामा अन्यायविरुद्ध लडेर शक्तिस्वरूपाको रूपमा स्थापित देवीहरूको स्तुतिगानले सबैलाई न्यायको पक्षमा उभिने ऊर्जा प्रदान गर्ने र जनता मात्र नभई सत्ता सञ्चालकलाई समेत जगाउनेछ भन्ने आशा छ । महिलालाई बाहिरी आराधना र ओठे सम्मान नभई स्वतन्त्र महिला अस्तित्वको सम्मान, आत्मसम्मान र सुरक्षा सुनिश्चित गर्नु आजको सरोकार हो।

शनिवार, आश्विन २७, २०७५ कोसेली मा प्रकाशित
https://www.kantipurdaily.com/koseli/2018/10/13/153939796658018033.html

Menace of rape


Mira Dhakal and Luna Bhattarai



Rape seems to have been embedded in our society. Victim-blame mindset is deeply ingrained, causing a rampant rise in rape cases. According to Nepal Police, 711 cases of rapes (including attempts) were reported in 2011/12 and 1644 cases reported in 2016/2017. The average number of reported cases on monthly basis has increased to 137 from 59 between 2012 and 2017. In recent months, it has been increasing in an alarming manner, though actual cases could be much higher as many rape cases remain unreported. And the reported ones are also manipulated or are not kept in police record due to pressure from people in power. 
Unsafe everywhere  
A woman has no safe space—be at home, schools, colleges, workplaces and public spheres. This makes women always fearful. What can one expect from a woman who is always in fear? How can she be able to stand for her and her near one’s dignity when she herself does not feel safe? Can a working mother concentrate on her work when she is not sure about her daughter whom she has left at home, or dropped at school/colleges or who is with friends is safe?
We have been talking about ‘smart cities and villages’ but cities and villages cannot be smart if they are not safe. Imagine a society where everyone can feel safe to travel and girl child feels free to travel alone leaving her family members at ease (not worrying about her arrival time and safety). Our society is far from this. The Nepali women are challenged at multiple spaces (personal, societal and professional) and have to struggle for existence at every end of life. Violence against women starts even before birth in a country like ours where sex-selective birth practices are prevalent. 
This is a great challenge for women that series of violence continue until their existence.  We can change the situation only if we provide justice to women. Development of a society is not possible unless the women feel unsafe. 
In recent times, police and administration have been found involved in dealing with the victims and the offenders to settle cases. The victim and family accept settlement amount because of fear social shame and administrative hassle. 
This does not help deter others from committing crimes.  It will only enhance perpetrators’ confidence when they see that women and children are mere victims without a voice. Despite legal provisions, the practitioners and administration have been taking offender’s side and favouring them. This is deeply troubling. The women and girl children are more volatile and unsafe. When justice is not warranted through the formal mechanism, often go with the informal channel. Owing to the existing administrative system and fear of social stigma, general people lose faith in ‘legal formalities. Rape is a crime. Settling criminal cases out-of-court is also illegal.
Root it out 
One of the reasons cases are settled through mediation has to do with poverty. Thus economic empowerment is important. Once economically empowered, women start reporting cases and fight those cases in the courts as well. Also, the victim should be compensated by the state. Supreme Court has set precedent for this through one of its verdicts, which says that compensation provided by the offender should be adequate enough to rehabilitate the victims to an earlier stage. 
We need to have an efficient mechanism to implement this. If the compensation is dependent on the offender’s financial capacity and economic status, the victim do not get it when the offender is unidentified or is poor. Thus, the government should provide compensation from the fund created by state and it’s government’s responsibility to get the compensation from offenders, says the verdict. 
Apart from this, we need to ensure that not a single offender is protected. For this we need to have a strong justice mechanism. If the perpetrators know beforehand the possibility of escaping the   punishment is very high and they feel even more emboldened. When the offender has power and influence, the cases are often not registered despite victim’s attempt. 
Nepal is one of the countries with significant number of women in politics. But they have little say in mainstream politics. Women politicians have been found divided on women’s agenda. Often when it comes to speaking against violence and suppression, they tend to question the activists rather than providing critical feedback.
Political will 
Nepal’s long political transition has come to an end. We have a new constitution which ensures that women are equal to men. We have three levels of government, with the significant number of women represented right from the local level. We have a separate ministry—Ministry for Women, Children and Senior Citizen—specifically to address women’s issues. But the agenda of women and children hardly become a major concern for leadership. None of the cabinet ministers, for example, have spoken about the wellbeing of women and children. Violence against women does not seem to have drawn their attention. 
The country is headed by a women president. While young girls should aspire to become ‘nation’s president one day, our girls live with the fear of whether they will even be able to survive until they become adolescent. 
We have no moral ground to talk about prosperity when safety and wellbeing of women and children remain a far cry. When one cannot even think if one will be safe today, how can one be hopeful about the bright future? Why are women and children forced to live a life ‘full of uncertainties’? 
On rape cases, a victim bears the brunt of several difficult situations time and again, firstly by the incident and later by the implications raised by the incident.  The new government should make every concerted effort to ensure the safety of women and children, provide justice to victims and punish the perpetrators. Rape is a non-compoundable crime. We need to act before it’s too late. 
The authors are among initiators of #Rage AgainstRape campaign
Published on My Republica, 7 April, 2018  https://myrepublica.nagariknetwork.com/news/menace-of-rape/

Saturday, December 1, 2018

निर्मलाको भुत



















जनमतले नै स्थायी सरकार बनायौ ।
अब हामी जेसुकै गरौँ, भर्सेला परौँ
तिमी जनताहरु आफ्नो थान्कोमा बस्नु ।
जान्ने पल्टेर हामीलाई सिकाई नटोपल्नु ।

हाम्रा मन्त्रीले भाषण गर्दा,
ताली गड्गडाउनु
हुन्छ त हुन्छ, सडक ठप्प,
हाम्रो सवारीमा तिमी गाली नवर्साउनु ।

दिनको दुई तिन जनाको बलात्कार हुँदैमा
किन दुखोस् हामी दुई तिहाई वाला सरकारको टाउको?
जनताले घुँडासनमा चाकरी गरुन्, भन्ने हाम्रो अभिष्ट,
निर्मलाको लागि न्याय माग्नेलाई देख्र्छौँ
षड्यन्त्रकारी र समृद्धि विरुद्धका दुष्ट ।

हामी मग्न छौ, नयाँ युगको उत्सवमा
युगान्तकारी परिवर्तनको नायक हामी
छाउन चाह्यौँ घरघर र गल्लीगल्लीमा ।
बाहिर झलमल छ,
स्.. स्.. स्.. अन्तष्करणमा हाम्रो सरकार अलमलमा छ ।
हरदिन हररात,
त्यो निर्मला खेद्छे, हामीलाई सुनसान गल्लीमा ।

हामीले आफ्नो मन बहलाउन
पोलमा, पत्रिकामा पर्चा टाँस्यौ
तिमीहरु अट्टहास हाँस्यौ,
हाम्रो तस्बीरको ठाउँमा
निर्मलाको तस्बीर साट्यौ ।

हामी जसको नाम सुन्न चाहन्नौँ,
जसको आकृति हेर्न चाहन्नौँ
जोसँग सम्बन्धीत समाचार देख्न चाहन्नौँ
जसको भुतले आतंकीत छौँ
किन तिमीहरु जोडजोडले उसकै नाम जप्छौ?

मन बहलाउने प्रयासमा हामी रहँदा
जब तिमीहरु निर्मलाको तस्बीर टाली हिँड्छौँ,
हामी रिसले बहुलाउँछौ,
हामी आत्तीन्छौँ, बहकिन्छौँ,
त्यसैले त पोष्टर च्यात्दै,
बुट बजार्न प्रहरीलाई आदेश दिन्छौँ  ।

#JusticeForNirmala
#RageAgainstRape

Thursday, August 16, 2018

तीजको 'दर' र करको 'डर'


बजारको चलन त तपाईंहरु सबैलाई थाहा नै होला । हाम्रो गाउंघर तिर चैं तीजमा 'दिदी बैनी' लिन जाने चलन छ । दिदीबैनी र भान्जा भान्जी लिन जाने चलन अब फोनले गर्दा 'फोन गरेर बोलाउने' जस्तो भईसक्यो । दिदीबैनी, भान्जाभान्जी, लुगाफाटो, बर्खायामाको चिप्लो बाटो भाकोले लिन जाने चलन आको होला र माइतिले माया गर्छन् भन्ने जनाको पनि होलान् । अनी पहिलेपहिले त 'तीजमा लिन जांदा अंधेरीखोलाले बगायो बरीलै', 'यो अंधीखोला सातै र पटक तरीआएं,आफ्न माइती भेट्न बरीलै' जस्ता गीत पनि गुन्जिन्थे ।
अहिले भने ताजा स्थानीय सरकार, बिशेष गरी नयाँ नयाँ खाले कर, करको दर र दायराले गर्दा अलोकप्रिय हुन पो थालेका छन् । चर्चामा छन् । तिजमा दिदी बहिनी लिन जाने सन्दर्भमा करको वार्तालाप त एस्तो पो हुने रहेछ त ।
भाई: दिदी, नमस्ते ।
दिदी: भाग्यमानी भएस् ।
भाई: क्यारिछौ, भिनाजु भान्जा भान्जी सञ्चै छन् ?
दिदी: अहिले सम्म ठिकै छन् । अनी बुहारी, केटाटी क्यारिचन् ?
भाई: सञ्चै छन् ।
दिदी: रोपाई सकेर गोड्न लाउ होला केरे ?
भाई: अं, तिम्रां तिर नि रोप्यौ होला । दिदी, म त तिमीलाई लिन आउन भ्याइन, तिजको निम्तो गर्न फोन हानेको हुम् ।
दिदी: आम्ला त भनेको हो.......
भाई: वर्स दिनको तिजां नि किन तेसो भन्ने हो ? आउन त परो के रे नि ?
तिमी नि आउ, भान्जा भान्जी नि ल्याउ ।
दिदी: आम्न त मन लाछ नि । तर अहिले त खोला तरेको नि कर लगाम्ने भनेछन रे त । अब त्यो अांधीखोलो कती पटक तर्नुपर्छ, तरेपिच्छे कर लाम्ने हुन् भने त मेरो, केटाटीको त भुसुक्कै पैसा लाउछ त नि ?
भाई: कस्ले भन्यो ?
दिदी: रिडियामा तेस्तै सुनैंथें । हुन त ठाम ठामका नियम फरक छन् रे । तिमीहरुकांको नियम के रछ, बुझेस् न ।
भाई: ल ल, बुझेर खबर गरौंला ।
दिदी: बुझेर खबर अरेस् न । पैसो कती लाउनीरैछ, बेबस्था अरेर आम्नपर्ला नि । केटाटी नि मामाकां जानी भनेर मरिहत्ते गरिरान् ।
ल हेर्नुस्, जिन्दगीमा तीजमा समेत करले कती गार्हो बनाइसक्यो ।
Image sourece: https://www.nepal-pictures.com/people/

Monday, August 6, 2018

गोस्तभात

Photo Source:Internet
मेरो एउटा साथी थिई । उ मुसलमान थीई । हाम्रो  धर्म र संस्कार फरक भए  पनि उस्को र मेरो नाम उस्तै थियो । उ कश्मिरा, म मिरा । उस्को सानीमाले राखेको नाम भन्थी । 'मेरो सानीमालाई कश्मिर मन परेर मेरो नाम कश्मिरा राख्देको' भन्थी । उस्को बाबा मेरो बाबाको मिल्ने साथी । हाम्रो ममिहरु पनि साथी र भाईहरु पनि साथी । परिवारका हामी सबै साथी । उस्को अर्को बहिनी थिई सल्मा । त्यतिन्जेल मेरो बहिनी जन्मेको थीईन, तेसैले सल्माको साथी चैं हाम्रो घरमा कोही थिएन ।

उस्को घरमा कस्मेटिक पसल थियो । उ नक्कल झक्कलमा धेरै नै ध्यान दिन्थी । उ संधै कोरी बाटी चिटिक्क परेर बस्थी । क्रिम, पाउडर, गाजल, नङपालिस र कपालमा नयाँ नयाँ डिजाइनका क्लिप लगाउंथी । हामीले कक्षामा 'पुतली' कबिता पढ्दा उ यो त म नै हो भनेर फुरुङ पर्थी । पसलमा नयाँ सामान आउने बित्तीकै हामीलाई त्यो सामानको ब्रित्तान्त बताउंथी । एस्को पैसा त खासमा एती हो तिमी लिन्छौ भने एतीमा दिन्छु भन्थी । पसलको सामान बेचेको पैसा भने उ अांफै राख्थी । उसका सानीमाहरुको पनि कस्मेटिक पसल नै थिए ।

मेरो हजुरबुवा बित्नुभएको थियो । उहां बितेको कारण घरमा मासु पाक्दैनथ्यो, किनकी बाबा ममीले बार्नुभएको थियो । हामी मासु हप्तामा एक पटक त खान्थ्यौं नै । एक पटक छिमेकी ठुलोबाको मा मासु पाकेको रहेछ, मलाई र भाईलाई बोलाएर थपी थपी खुवाउनुभएको थियो । भाईले भन्यो, 'ठुलिआमाले क्या सही मासु खुवाउनुभयो, मान्छे त सही हो के है ।'  मैले भनें , 'खान पाएसी तंलाई त सही लाग्छ नि ।'

हाम्रो सवालजवाफ एत्तीमै सक्यो । 

हजुरबुवा बितेकोले हाम्रोमा मासु पाक्दैन भन्ने छीमेकमा अरुलाई नि थाहा थियो,  कश्मिराको घरमा थाहा हुने नै भयो । उ मासुलाई गोस्त भन्थी । उस्कोमा गोस्त ल्याएको रहेछन । उस्ले मलाई आज गोस्त र भात खान डाकी । म नि फुरुक्क पर्दै गएं, टन्न खाएं । भोलिपल्ट हामी संगै स्कुल गयौं । कश्मिराला नयाँ सिक्री ल्याएकी थीई । निकै आकर्शक थियो, पंहेलो टलक्क टल्केको । पितलको सिक्री हो भन्थी । उस्ले मलाई 'सिक्री किन' भनी । मैले इन्कार गरें । उस्ले 'पिलिज किन न, पिलिज भनेसी नि नकिने त पाप लाग्छ' भनी ।

त्यही पनि मैले मानिन । उस्ले 'साथीले पिलिज भन्दा नि नमान्नेसंग अल्लाह रिसाउंछन्' भनी ।
तर पनि म मानिन । कश्मिरा रिसले चुर हुंदै मेरो गिज्याउने नाम भनी । 

हिजो मेरोमा खाएको गोस्तभात बिर्सिस?

'छैन । हिजोको आज कस्ले बिर्सिन्छ? सम्झिछु नि ।'  भनें । 

कश्मिराले भनी, 'सम्झिराख । खुब खसिको गोस्त भनिकुन खाईस नि, थपी थपी । त्यो त भैंसिको गोस्त थियो ।'

म रनाहा भएं । के गरौं र कसो गरौं भएं । भैंसिको मासु कसरी खाएं, अब के गरौं भने जस्तो भयो । दिमागमा दिगमिग भयो, वाक्क आउँला जस्तो पनि भयो तर वाक्क आएन । 

मलाई कश्मीरालाई देखेर एकदमै रिस उठेको थियो । तं त झुटो बोल्ने रहेछ्हस्, पख म मेडमलाई भन्दिन्छु भने । अनी म त तेरो आमालाई भन्दिन्छु, 'मेडम, मिराले त हाम्रो घरमा भैंसिको गोस्त र भात थपी थपी खाको हो भनेर ।' 

भैंसिको मासु साथीले छल गरेर खुवाइ भनेर त मलाई झोंक चलेकै थियो अझ ममिलाई कुरा लगाइदिन्छु भनेपछी मलाई झनै रिस उठ्यो । तैंले पसलको सामान लगेर बेच्छेस भनेर म भन्दिन्छु भने । तर उ त कत्ती पनि डराइन । 'हामी त पसल गरेरे खाने त हो, सामान बेच्छे छोरीले भने त मेरो मम्मी त खुशी हुन्छ, बुझिस्  । 

उस्ले पुन: थपी , 'तेरो मम्मिले तंलाई भाईंसिको मासु खाको थाहा पाए के गर्ला? सोच ।' 

मैले सोच्न खोजें तर सोच्न सकिन । 

मम्मीलाई सम्झिन खोजे । उहांको प्रतिकृया अंकलन गर्न खोजे । तर डर मात्रै लाग्यो, मैले केही सोच्नै सकिन । घरमा फर्केपछी पनि मलाई कश्मिराको कुरा र हिजोको मासुभात दिमागमा आईरह्यो । दिग्मिग लागिरह्यो । 

केही दिन सम्म म कश्मिरासंग नबोलौं कि सोचेथें । एक दिन त बोलिन पनि । 

उस्ले मलाई चेतावनी दीई, 'मसंग कट्टी गरिस भने म तेरो ममिलाई भन्दिनिछु ।'

साथीसंग रिसाउनुलाई हामी कट्टी गर्ने भन्थेम । 

म फेरी उसंग बोले, मनले त बोलिन, तर मुखले मात्र बोलें । उ आफुंले भनेको कुरा मनाउन मलाई त्यो गोस्तभातको कुरा भन्दिन्छु भनेर थर्काउंथी, तर भनेकी चैं थीइन । करिब चार पांच दिन पछी उसको पसलमा गुडीया ल्याएको रहेछन् । उस्ले मलाई पसल्मा १० मा बेच्ने हो म तंलाई पांचमा दिन्छु भनेर फकाउन खोजी । गूडीया त मलाई मन परेको थियो, तर मैले 'मसंग छ, म लिन्न' भने । म पैसा जोगाउंथे, र भुड्कीमा जम्मा गर्थें, खर्च हतपत गर्दैनथें । उस्ले मलाई गूडिया निकै राम्रो छ, पिलिज लिउ भनी । मैले मानिन । उस्ले पुन: गोस्तभात खाएको कुरा भन्दिन्छु भनी । मलाई के भयो थाहा छैन, हुन्छ भन्देउ भने अनी सरासर घर आएं । मम्मीको अगाडि लोसे लोसे हुंदै गएं । 

के गरिस् ? फेरी चप्पल हराईस ? भन्नुभयो । 

हैन भने । ( म चप्पल चैं निकै हराउंथे, नुहाउन खोलामा जान्थें । अनी चप्पल हराउंथे । हप्तामा तेस्रो पटक चप्पल किनाएको रेकर्ड पनि मेरै नाममा थियो ) 

हजुरलाई केही भन्नु छ । 

अनी भन न त, के न्याङ न्याङ गरेको ? 

गाली नगर्नु है त । 

बदमासी काम गरे पनि तंलाई स्याबासी दिनु त ?
हैन 
भन न त  
गाली नगर्नु है त...

ल, ल, भन...

अस्ती नै कश्मीराको मा भात खाको भन्थें नि । 

अं, खाइस त खाइस । के भयो त ? 

मासु नि खाको भन्थें नि । 

अं । अनी खाईस । अब अहिले भन्न पर्ने के भयो त । खाको अस्ती नै भन्थिस नि ।

मलाई मेरो स्वार कांपेको महसुस भयो । त्यही नि मैले भनें । 'हैन, तेस्ले त मलाई खसीको मासु भनेर भैंसिको मासु ख्वाईछे ।'


म बेस्सरी रोएं ।
......
......
भयो, छोड । नरोई अब, रोएर के हुन्छ । जानी जानी खाको हैन, केही हुन्न . ।

म अचम्म परें । मलाई त मम्मीलाई मलाई गाली गर्नुहुन्छ जस्तो लाग्थ्यो । 

केको मासु थियो भन्ने बिर्सी । तर कश्मिरासंग सतर्क रहनु । 

भोलिपल्ट कश्मिरा भेटीइ, तर म उसंग डराईन । उस्ले फेरी पसलबाट श्याम्पूको पाउच ल्याईछ । आफ्नो जस्तो सिधा सिल्की कपाल बनाउन श्याम्पू किन भनी । मैले पर्दैन भने। तेरो घुम्रेको कपाल सिदा हुन्छ भनेर ल्याइदेको भनी । 

घुम्रेको भये नि मेरो कपाल राम्रो छ, पर्दैन श्याम्पू भनें । 

गोस्तभात बिर्सिस, तेरो मम्मिलाई भन्दिन्छु । 

तिम्रोमा खाएको गोस्तभात बिर्सेंको छैन, जिन्दगीभार बिर्सन्न । मेरो मम्मीलाई त मैले नै भनें, तिम्रो मम्मीलाई पसलबाट सामान चोरेर ल्याउने कुरा नि तिमी आँफै भन । 

एक दुई बर्षपछी उनिहरु अन्तै बसाई सरे । उसंगका कती याद धुमिल भये तर उस्को गोस्तभात भने सम्झनामा ताजै छ । उसंगको त्यो घटना नजोडीएको भए बफ मासु खान्थे कि खान्थिन थाहा छैन ।

त्यो घटनाले गर्दा मलाई आज पनि  बफ मासु सम्झिंदा दिगमिग लाग्छ, र याद आउंछ एउटा अनुहार, मेरी साथी कश्मिराको अनुहार ।

सबै जनाको आफ्नो-आफ्नो छनौट हो । केको मासु खाने, कस्तो तरिकाले पकाएर खाने, कस्तो परीकार बनाएर खाने सबै छनौट आफ्नो आफ्नो हो । सबै जनाको छनौटको म सम्मान गर्छु ।  मासु खाने र नखाने आफ्नो रुचीको कुरा हो र । रुची सँगै धार्मिक, सांस्कृतिक समाजीक मान्यता जोडीएका छन् । भैंसीको मासु खान हुन्न भन्ने सिकेर हुर्कें । झुक्काएर खुवाईएको त्यो गोस्तभातले संधै बफ मासु भन्नासाथ दिगमिगाउने बनायो । साथीहरुले बफ मासु खांदा मनमनै दिगमिग माने पनि, म साथीहरुले थाहा नपाउन् भनेर शतर्क हुंदै नर्मल देखिने प्रयास गर्छु । 

डियर कश्मिरा, मैले तिम्रोमा खाएको गोस्तभात अझै बिर्सेंको छैन, र शायद बिर्सिन्न पनि ।  

Friday, July 27, 2018

चप्पल




















घनघोर बर्षा
रोकिएपछी
एक सांझ भेटियो
एक बेजोडी चप्पल ।
रङ खुइलिएको
टलक उडेको
सोल खिएको
हेर्दैमा बैराग लाग्दो
एकल चप्पल ।

कहाँ किन्यो?
सुपरमार्केटमा
कि फुटपाथमा?
कस्ले किन्यो?
स्वयमं लगाउनेले
वा उस्को साथी,
वा आफन्तिले ?

किन्यो कसरी,
कैयौंपटक
घम्साघम्सी गर्दै,
मोलतोल गरी
वा एकै बचनमा
खन्खन  पैसा तिरी ।
वा, राम्रो चप्पल भन्दै
पसलेले फुर्कायो कि?
महङो भयो अन्तै जान्छु
भन्दै किन्नेले थर्कायो कि?

जुत्तासङै चप्पललाई मिलाई मिलाई
सजायो कसैले?
रिसको झोंकमा
यही चप्पल
बजायो कसैले ?
एस्लाई उचालेर
कसैले पुन: थचार्यो कि
वा आफ्नो जिद्धी पुरा गर्न
खुट्टा सँगै बजार्यो कि ?


सकी नसकी
सानी नानी वा बाबुले
ठुलो यो चप्पल
सुकोमल पाइलामा
'मेनो नाम्मो चप्पल' भन्दै
पो उन्यो कि ?
पहिरेर यो चप्पल
पहाड चाढ्ने
बेसीं झर्ने
खोला तर्ने
दुर दुर देश
डुल्न कसैले
अनेकौं सपना बुन्यो कि ?

सोच्दैछु के होला
यो चप्पलको कथा?
के होला खिईएको
यो तलुवाको ब्यथा?
हिजोको कसैको शान
कसैको खुट्टाको मान
कसैको पदचापको
पहिचान
तर आज केबल एक फोहोर ।

संधै अरुको खुट्टाको निर्देशन
कुर्ने चप्पलको अन्त्य
पानीको बहाबमा बग्दै बग्दै
कहाँबाट कहाँं पुगेर तय हुंदैछ ।
यो चप्पल बगे जस्तै
बग्दैछ जीवन पनि ।
कहिले रहर
त कैले जित
हार र प्रहारमा।

अन्त्य कस्तो हुने हो
कस्लाई के थाहा
त्यही पनि जीवनको कस्तो माया
जस्तो यो चप्पल
जीवन पनि उस्तै
सलल, सलल ।

गुरु पुर्णिमा: सम्झना, एक चड्कन र १०० शब्दको

जिन्दगी नामको यो यात्रामा सिक्ने सिकाउने निरन्तर प्रकृया हो । मलाई अहिले सम्म सिकाउने सबै गुरुमा नमन । जहाँ छु, यहाँहरुको कारणले छु ।

आज गुरु पुर्णिमा, केही सम्झिन मन लाग्यो ।

त्यसो त सबैको लागि आमा नै पहिलो गुरु । मेरो मम्मी त झनै पेशाले नै गुरु ।
दुई कक्षा हुंदा मम्मीले गणित  पढाउंदा जानिन । खै, कुन सनकमा  'तंलाई के मतलब?' भनेछु ।

प्रत्युत्तरमा कसेर गाला तात्ने गरी एक चड्कन खाएं । येस्तो बलियो चड्कन परेछ कि त्यो भन्दा पछी आफुं भन्दा ठुलो मान्छेलाई 'तं' भन्ने दुस्साहस कहिले गरिन ।

Image source: Internet
दुई कक्षा पढ्दा औसत मात्रा पढाई भयो भनेर फेरी दुईमा भर्ना गरेर बाबा बुटवल जानुभयो । एता मलाई फेरि कक्षा तिनमा नै लग्दिनुभयो गुरुहरुले । पछी तीन कक्षाको अन्तिम ताका त बाबाले तीन दोहोर्याउने नै भनेर अड्डी कस्नुभयो । दोस्रो पटक तीन पढ्दा ताका प्यारालाल कुर्ताको फेशन थियो । सबैले लगाउने फेशनको कुर्ताको माग त मैले नि गर्ने नै भएं ।

माग अनुसारको कुर्ताको कपडा त आयो । बाबाले अरुको भन्दा राम्रो लुगा ल्याईदिएको छु, तर पाउन मेहनत चाहिन्छ । एउटा शर्त पुरा गरेसी बल्ल लुगा पाईन्छ भन्नुभयो । शर्त के रहेछ भन्दा मम्मीले १०० वटा सामान्य अङ्रेजी शब्द को हिज्जे र नेपाली अर्थ कापीमा लेखेर तयार पार्नुभएको रहेछ । त्यो कण्ठस्त नपारुन्जेलसम्म त्यो कुर्ता लगाउन त के हेर्न पनि नपाईने रे ।

बिदाको बेला मामाघर जाने त अनिवार्य जस्तै थियो । त्यो पाली मामाघर जांदा हातमा कापी थियो र कल्पनामा चैं नयाँ कुर्ता कहिले लगाउने भन्ने मात्र थियो । सबै जना रमाइलो गर्दा आफुलाई नया कुर्ताको याद आउंथ्यो र पढ्न बस्थें । मामा माइजु, कस्ती ज्ञानी भान्जी भन्नुहुन्थ्यो । भान्जीलाई ज्ञानको भन्दा नि नयाँ कुर्ताको धुन पो थियो त ।

Image Source: Internet
त्यो १०० शब्द जानेर घर फर्किएं । शर्त अनुसार त्यो कुर्ता हेर्न र लगाउन पाईयो । जीवनमा धेरै कपडा लगाये नि त्यो कपडा मलाई आज पनि बिशेष लाग्छ, सांचो मानेमा त्यो चैं मेहनतले आर्जेथें जस्तो लाग्छ । आज पनि जब Bournville चकलेटको बिज्ञापनमा 'Have you earned it? भन्दा मलाई ति सय शब्द र त्यो पहेँलो कुर्ताकै याद आउंछ ।

चार कक्षा पढ्ने बेला निजी स्कुल खुल्यो । निजी स्कुलमा भर्ना गर्दिनुभयो, जहां अङ्रेजीमा पढाई हुन थाल्यो । त्यी १०० शब्दले गर्दा अङ्रेजी माध्यममा पढ्न सम्भब भयो । पछी कसो कसो मेजर अङ्रेजी पढें ।  ती सय शब्द जो लगभग प्रत्येक दिन जस्तो प्रयोग हुन्छन् । तीनै सय शब्द जीवन पर्यन्तको लागि अाधार बन्नेछन् एती महत्व राख्नेछन भन्ने के थाहा । त्यो बेला चांडो भन्दा चांडो नयाँ लुगा लगाउने धुनमा जानेको ति शब्दले अहिले कती लुगा फटाइसके, तर शब्द भने ज्युंका त्युं छन् । उस्तै जीवन्त सधैं ।



अं सांच्ची, गुरु पुर्णिमाको शुभकामना । मम्मीलाई झनै बिशेष शुभकामना ।


Wednesday, May 30, 2018

सम्बोधन

नारायणगोपालको स्वर र दीपक जंगमको शब्द र संगीतको ‘तिमीलाई म के भनुँ, फूल भनुँ कि जून भनुँ’ गीत मलाई साह्रै नै मधुर लाग्छ। उपमाको हिसाबले हैन, सम्बोधनको हिसाबले सोचौं त। कस्तो महसुस हुन्थ्यो होला, हामीलाई गरिने सम्बोधन हामीले चाहेजस्तो हुने भए। हामीलाई सम्बोधन गर्दा होच्याउने हिसाबले नभई सम्मान दर्शाउने भएमा साँच्चै नै गज्जब हुने थियो। तथापि वास्तविक जीवनमा गरिने सम्बोधन भने कतिपय अवस्थामा साह्रै कटु हुन्छन्। सम्बोधनसम्बन्धी मैले देखेका केही घटनाको दृष्टान्त यहाँ प्रस्तुत गर्छु :


म करिब ६ वर्षको हुँदा बर्खे बिदा पारेर साथीको घरमा बस्न गएको थिएँ। भोलिपल्ट सबेरैदेखि नै घरमा निकै चहलपहल थियो। रोपाइँको चटारो रहेछ। ढोकाको ठीकबाहिर एक अधबैंसे उमेरका व्यक्ति थिए। सिलटको थालमा सेतो डल्लो भातमाथि कालो दाल खन्याएर उनी भात मुछ्दै थिए। धपेडी गरेर कतैबाट आएका थिए कि खाना तातो थियो। उनको अनुहारभरि नै पसिनाका दाना थिए, बरर्र परेका मसिना, मसिना। विस्तारै पसिनाका थोपा नाकबाट र चिउँडोबाट झर्नै लाग्दा उनी टोपी निकालेर पसिना पुछ्दैथिए। ढाका टोपी पनि एकातिर फाटेको थियो। हतारिँदै खाना खाँदै गरेका उनको अनुहार अब त रातो भइसकेको थियो। काकी (साथीकी आमा) भन्दै थिइन्, ‘हली, ल ल छिटो खाऊ, बेलैमा मेलो सक्नुपर्छ।’ काकीले खाना खाउन्जेल पनि कस्तो हतार गराएको होला भन्ने लाग्यो।
हाम्रो घरमा पनि खेतको काममा सहयोग गर्ने एक हजुरबुवा हुनुहुन्थ्यो। मलाई आजसम्म पनि उहाँको नाम के थियो थाहा छैन, उहाँ मेरो हजुरबुवाभन्दा उमेरले अलि कान्छो हुनुहुन्थ्यो। हामी उहाँलाई हजुरबुवा भनेर नै बोलाउँथ्यौं। खै, मलाई के लागेछ कुन्नि ? घर पुग्नेबित्तिकै बुवालाई सोधेँ, ‘हजुरले खेतमा काम गर्ने हजुरबुवालाई हली भनेर किन नबोलाउनुभएको, मेरो साथीका घरमा त त्यसै भन्दा रहेछन्।’
मेरो कुरा सुनेर उहाँ सरासर भित्तामा झुन्ड्याइएको मेरो हजुरबुवाको तस्बिर अगाडि गएर एकटकले हेर्नुभयो। बुवाले गम्भीर मुद्रामा मलाई सम्झाउनुभयो, ‘उहाँले काममा सहयोग नगरे त सायद हाम्रो खेतबारी नै बाँझै हुन्छ। खानाको थाल पनि खाली हुन्छ। हाम्रो घरमा भित्रिने प्रत्येक अन्नमा उहाँको देन छ। उहाँकै सहयोगमा गोरु, खेतालादेखि बीउ, ब्याड, सिँचाइसम्मको बन्दोबस्त हुन्छ। तिमीलाई थाहा छ नि हैन ? म चाहन्छु, म जुन सम्मानले उहाँलाई पिता समान मान्छु, काका भनेर सम्बोधन गर्छु। तिमी पनि उहाँलाई त्यही श्रद्धाका साथ हजुरबुवा समान मान, आजसम्म जसरी हजुरबुवा भनी सम्बोधन गर्छौ, त्यसरी नै गर। अबदेखि यस्तो कुरा कहिल्यै नगर है नानी।’
मैले ‘हस्’ भन्दै टाउको हल्लाएँ। त्यति दुःख गर्ने हजुरबुवालाई बिनासित्तीमा त्यसो भनेछुजस्तो पो लाग्यो। अनि मेरी साथीकी आमाको व्यवहार देखेर रिस पनि उठ्यो, खेतदेखि थालसम्म अन्न ल्याउनेलाई नै खाने बेलासमेत सुख नदिने कस्तो मान्छे।
रौतहट, गौरका मधेसी मूलका केशरीलाल दाइ गाउँमा तरकारी बेच्नुहुन्थ्यो, टोकरीमा लगेर। गाउँमा तरकारी त धेरैले बेचे तर केशरीलाल दाइ अरूभन्दा अलग थिए, ‘जरा हट्के’। उहाँले गाउँमा नपाइने सामान सहरबाट ल्याइदिने र गाउँमा धेरै उत्पादन हुने सामान सहर लग्ने हुँदा गाउँले सबैले उहाँलाई निकै सराहना गर्थे। हाम्रो घरमा मान्छे नभेट्दा तरकारी अड्कलेर छोड्नुहुन्थ्यो। तर, हिसाब भने एकमुष्ठ रूपमा उहाँ घर फर्किने बेला मात्र गर्नुहुन्थ्यो। एक दिन उहाँले तरकारी जोखेर हाम्रो घरभित्र राख्नै लाग्दा भर्खर मात्र तरकारीको पसल खोलेका मेरा छिमेकीले उनलाई बेस्सरी हपारेछन्। केशरीलाल दाइ पनि के कम। उनले भनेछन्, ‘मलाई यहाँको दिदीले तरकारी राखिदिनु भनेर राखेको। म तरकारी त्यसै थोडी राखेछु, दिदीसँग भएको सल्लाह मुताविक न राखेछु।’ छिमेकीले भर्खर पसल राखेका थिए। उनको नयाँनयाँ जोश थियो, बजार आफ्नो बनाउन हैकम हैन, युक्ति लगाउनुपर्छ भन्ने हेक्का उनलाई थिएन सायद। उनले रिसको झोँकमा समुद्र पारिबाट आएको विदेशीलाई ठेगाना लगाइदिने भन्दै टोकरी नै उल्ट्याएर तरकारी फालिदिएछन्।
केशरीलाल दाइले भनेछन्, ‘यो घरको दिदी मलाई भाइ भन्नुहुन्छ, उहाँको छोरीले मलाई दाइ भन्नुहुन्छ, मेरो घर रौतहट हो, म त नेपाली हो, अहिले नै भनेछु दाइ, तिमी पनि मलाई चिनिहाल। नेपालीलाई नेपालमा हिँड्न, व्यापार गर्न वा बसोबास गर्न रोक्ने तिमी को ? नेपालीलाई नेपालमा नै विदेशी भन्ने तिमी पो बरु कुन देशको हो, नेपाली हो कि हैन ? ’ यस्तो उत्तर सुनेर मेरा छिमेकी अवाक् भएछन्। स्कुलबाट फर्कनेबित्तिकै यो घटना सुन्दै गर्दा मैले सोचेँ, ममीले भाइ भन्ने उहाँलाई मैले मिलाएर साइनो लगाएको भए मामा भन्नुपथ्र्यो। मैले दाइ भन्ने साइनो लगाएको मिलेको त थिएन तर त्यो दाइ सम्बोधनले कति मिठास घोलेको रहेछ हामीमाझ भन्ने लाग्यो।
हामीले गर्ने सम्बोधनले कसैको आत्मसम्मानमा आघात पुग्नु हुन्न। हामीले पनि अरूलाई दुःख नपुग्ने गरी सम्बोधन गर्ने प्रण गर्ने कि ?
कलेजमा साथीहरूमाझ नामले बोलाइनु सामान्य हो। तर, एकजना साथीले आफ्नी समकक्षी साथीलाई बोलाउने नामको अगाडि गार्ड जोडेको पाएपछि मलाई अनौठो लाग्यो र नरमाइलो पनि। हाम्रा कैयौं साथी बिहान कलेज पढेर दिउँसो सहर डुल्थे, आनन्दले बस्थे। तर यो साथी भने बिहानमा हामीसँगै पढेर दिउँसोको समयमा सुरक्षा गार्डको काम गर्थे, कलेजमा नै। उनले समय व्यवस्थापन गरेर पढाइका अलावा कामसमेत गरेकोमा हामीले त उनलाई प्रोत्साहन गर्नुपर्ने हो नि। मलाई लाग्यो, साथी आफ्नो व्यावसायिक जीवनमा जेसुकै काम गर्ने भए पनि कक्षाका लागि ऊ विद्यार्थी र साथीका लागि केवल साथी हुनुपर्ने अनि सोहीअनुसार नै सम्बोधन गरिनुपर्ने हो। मैलै साथीहरूलाई पनि यही भनेँ, साथीहरू पनि कन्भिन्स भए सायद। त्यसपछिका दिनहरूमा उनलाई सम्बोधन गरिँदा गार्ड भनेको सुनिएन।
कार्यालयमा एकजना साथीले समकक्षीलाई चालक दाइ भनेर बोलाउँदै थिए। मैले उनलाई पदले नबोलाई नामले बोलाउन सुझाएँ। उनी त उल्टै तर्क पो गर्न थाले, ‘गाडी चलाउनेलाई चालक नभन्नु ? ’ कतिपय बेलामा पेसाको माध्यमले पनि चिनिन्छ। तर, व्यक्तिको सम्पूर्ण परिचय केवल एउटा पेसा मात्र पनि त हैन। एक व्यक्ति अनेक पेसामा संलग्न हुन सक्छ। कामकै आधारमा वा उसले कामको लागि प्रयोग गर्ने औजारका आधारमा सम्बोधन गरे कसैलाई फोन, कसैलाई कुचो, कसैलाई कलम, कसैलाई कागजबाट चिनाउन पर्ला नि भनेर प्रतिप्रश्न तेस्र्याएँ। केही बेरको आनाकानीपछि बल्ल उनी आश्वस्त भए।
‘के छ कमला, हालखबर कस्तो छ ? ’
फोनमा कसैले यसरी कुरा गर्दा यो वार्तालाप कुनै समकक्षी, साथी वा छिमेकीको वार्तालाप होला भनी सोच्नु स्वाभाविक नै हो। हो, मैले पनि स्वाभाविक ढंगले नै सोचेँ तर हैन रहेछ, यो वार्तालाप त एउटी छोरीले आफ्नी आमासँग गरेको पो रहेछ। यस्तो आवश्यकता आखिर किन, आमालाई नि कसैले नामले बोलाउँछ ? भन्ने प्रश्नमा उसको उत्तर निकै घतलाग्दो थियो। उसले भनी, मेरी आमाको परिचय एकपछि एक गर्दै माइतीकी नानी, घरकी दुलही (बुहारी), उसको बाबुकी पत्नी, मलगायत मेरा दाइदिदीकी आमाको रूपमा फेरिँदै गयो। नागरिकतामा उल्लेख भएको मेरी आमाको नाम कमलाको अस्तित्व केवल नागरिकतामा मात्र सीमित भयो।
उहाँको नामको सार्थकता जोगाइराख्न भए पनि आमालाई गर्ने प्रत्येक सम्बोधनमा आजकल म उहाँको नाम लिन्छु। आमालाई नामले बोलाउने तरिका कस्तोकस्तो सुनिए पनि उसले कारण बताएपछि उसले आमाको नामकोे प्रयोग गर्ने सम्बन्धमा निकालेको जिकिर भने मनासिब नै लाग्यो। हामीलाई हाम्रो नामले कसैले पनि बोलाएन भने कस्तो लाग्ला ? नाम भनेको पहिचान पनि हो, अस्तित्व पनि हो। वास्तविक नामले बोलाइनुले साँच्चै धेरै फरक पार्छ। आज पनि जब पहिचानको नाराको राजनीतिक मुद्दा पृष्‍ठभूमिमा सुन्छु वा कमला नाम सुन्छु, मानसपटलमा साथीको अनुहार घुमिरहन्छ।
अझै पनि काले, पोक्चे, डल्ले, भुन्टे, टुटुल्के, तिखे, नेप्टी, चेप्टी, काली, सेती, बाटुली, मसिनी या यस्तै नाममा परिचय बोकेर त्यतिमा नै जीवनको यात्राबाट वि श्राम लिने धेरै छन्। अझ भनौं, त्यसको लेखाजोखा नै छैन। यसो सोच्दा नाम, काम, परिचय र सम्बोधन बीचको साइनो जेलिएको लाग्छ। खेत जोतेर अन्न उत्पादनमा सहयोग गर्ने दाइको प्रसंग होस् वा सायदै नामबाट सम्बोधन गरिएकी मेरी साथीकी आमा, घरदेखि टाढा आफ्नै देशमा जीविकोपार्जनका लागि खट्ने, श्रमको सम्मान हैन, विदेशीको रूपमा अपमानजनक व्यवहार गरिएका केशरीलाल दाइ हुन् वा आफ्नै सहकर्मीबाट कार्यको नामले सम्बोधित कर्मचारी वा सहपाठीबाट साथीका रूपमा नभई गार्डका रूपमा सम्बोधित साथी, यी सबै हामीले दैनिक जीवनमा देख्दै र भोग्दै आएका घटना नै हुन्।



काम भनेको हाम्रो जीवनको एउटा पाटो हो, पूर्ण पाटो हैन। तसर्थ, हामीले गर्ने काम मात्रै पनि हाम्रो पूरा परिचय हैन। अतः हिस्सा आफैंमा पूर्णता हैन। हामीले गर्ने सम्बोधनले कसैको आत्मसम्मानमा आघात पुग्नु हुन्न। हामीले पनि अब अरूलाई दुःख नपुग्ने गरी सम्बोधन गर्ने प्रण गर्ने कि ?
शनिवार, ०१ बैशाख, २०७५ 'अन्नपूर्ण पोस्ट', फुर्सद मा प्रकाशित
http://annapurnapost.com/news/95684

Tuesday, March 13, 2018

फेरि अर्काे कहानी

बहिनिलाई खाजा खान गाको, मान्छे थिएनन् खासै । अर्डर गरून्जेल ठीकै थियाे । हामी खान लागेपछि उनी गलत अाशयका गित माेबाइलमा बजाए । उनीसँग अर्काे साथी पनि थियाे जाे उनीसँगै गितमा प्रतिक्रिया जनाउँथ्याे । यतिमा सिमित भएनन्, माेबाइलमा गित घन्काउँदै हाम्रो टेबल हुंदै यता र उता गरे । हाम्राे हुर्मत लीन तम्सेकाे जसरी । सोचें, आफ्नो पैसा तिरेर खानु छ, यस्ताे गतिविधि गर्ने समेतकाे नाममा सेवा शुल्क पनि दिनु, अनि यस्ताे व्यवहार त सहन भएन । काउण्टरमा पैसा संगै उनको कामकाे उजुरी पनि गरें । ठीक पार्छु त भनेँ, साँच्चै ठीक त के हाेलान् र यस्ता मान्छे । हैन, याे हैरानीकाे श्रृंखलाकाे कहानी कहिलेसम्म भन्नपर्ने हाेला । मान्छेकाे साेँच परिवर्तन कहिले हाेला खै ?