Monday, March 31, 2014

नजन्मेकी छोरीको वकपत्र

नजन्मीएकी छोरीको लागि
कति पटक लड्छ्यौ ?
मेराे मायामा अझै
कति जोखीम लिन्छ्याै ?

तिम्रै अंश म,
तिम्रै मुटु,
कति सुन्छ्यौ,
ति वचन कटु ।

नजन्मँदै म माग्दैछु आफ्नै मृत्यु ।
मायाको सुरक्षाकवच,
तिम्राे पेटमा त असुरक्षित छु
जन्मे नै भने पनि कहाँ सुरक्षीत हुन्छु ?

लिटोको पिठो किन्न तिमी जाँदा,
म अपहरण हुन सक्छु
आँगनमा खेल्दै गर्दा,
अचानक गायब वनाईन सक्छु ।

बाटोमा हिँड्दा
गिद्दे नजरको निशाना बन्न सक्छु
स्कुलमा, छिमेकमा, सार्वजनिक
यातायातमा प्रताडित हुन सक्छु ।

आफन्त वा अनजानबाट
वलात्कृत हुन सक्छु,
क्षमता भए पनि अवसरबाट
वञ्चित गराइन सक्छु,
कार्यकक्षमा नै र्दुव्यवहारको
शिकार हुन सक्छु ।

दाईजो नपुगेमा,
जिउदै जलाइन सक्छु,
तेजाबको होली खेलाइन सक्छु ।
जहाँ नजन्मिँदै विभेद गरिन्छ,
हेयले हेरिन्छ,
त्यहाँ जन्मिदाँ
कसरी म खुसी हुन सक्छु?

अामा, तिम्रो जस्तो साहस छैन
तिमी जस्तो साहसी छैन म
प्रत्येक पल भिडन्तको जीवन
बाँच्ने तागत छैन मेरो ।


नारकिय जीवन जिउनु छैन मलाई
यो हिंशा, यो घ्रीणा,
यो बिभेद, यो अपराध,
यो त्रास भन्दा
एक पटकको मृत्यु
अँगाल्न चाहन्छु ।

मेरो लागि यति धेरै पिँडा
किन सहन्छ्यौ ?
जीवन पाएमा
माया भन्दा ज्यादा घृणा
मायाले तिमीले दिएको
एक जीवनको मुल्य,
पल पल आँसुले चुकाउनेछु ।

आफुँसगैँ तिमिलाई समेत
पलपल मृत्युकाे आभास दिलाउनेछु ।
भैगो आमा, एक जीवन
दिएर धेरै मरण नदेउ ।

तिम्रै कोख प्यारो छ मलाई
विदा पनि यहीबाट देउ ।
बिन्ती छ आमा,
यो छोरीको वकपत्र सुन्देउ ।
मेरो लागि अब संघर्श नगर ।
अरुले मलाई पटक-पटक मार्नु भन्दा
बरु तिमी मलाई एकै पटक सप्रेम मार ।