Tuesday, March 13, 2018

फेरि अर्काे कहानी

बहिनिलाई खाजा खान गाको, मान्छे थिएनन् खासै । अर्डर गरून्जेल ठीकै थियाे । हामी खान लागेपछि उनी गलत अाशयका गित माेबाइलमा बजाए । उनीसँग अर्काे साथी पनि थियाे जाे उनीसँगै गितमा प्रतिक्रिया जनाउँथ्याे । यतिमा सिमित भएनन्, माेबाइलमा गित घन्काउँदै हाम्रो टेबल हुंदै यता र उता गरे । हाम्राे हुर्मत लीन तम्सेकाे जसरी । सोचें, आफ्नो पैसा तिरेर खानु छ, यस्ताे गतिविधि गर्ने समेतकाे नाममा सेवा शुल्क पनि दिनु, अनि यस्ताे व्यवहार त सहन भएन । काउण्टरमा पैसा संगै उनको कामकाे उजुरी पनि गरें । ठीक पार्छु त भनेँ, साँच्चै ठीक त के हाेलान् र यस्ता मान्छे । हैन, याे हैरानीकाे श्रृंखलाकाे कहानी कहिलेसम्म भन्नपर्ने हाेला । मान्छेकाे साेँच परिवर्तन कहिले हाेला खै ?

सपना, बिपना र सम्झना

कानैमा मीठो साउती गरेको जीवन अचानक मृत्यु बनेर उछिट्टिन्छ । धर्ती टेक्न तम्तयार पाईला हुन्छन् खरानी अंकमाल गर्न आतुर आफन्तहरु बन्छन् मलामी । आकाश र धर्तीको सानो अन्तरमा सपना बिलायो, बिपना जल्यो, जीवन सकियो, रह्यो त केवल सम्झना ।