जिन्दगी नामको यो यात्रामा सिक्ने सिकाउने निरन्तर प्रकृया हो । मलाई अहिले सम्म सिकाउने सबै गुरुमा नमन । जहाँ छु, यहाँहरुको कारणले छु ।
आज गुरु पुर्णिमा, केही सम्झिन मन लाग्यो ।
त्यसो त सबैको लागि आमा नै पहिलो गुरु । मेरो मम्मी त झनै पेशाले नै गुरु ।
दुई कक्षा हुंदा मम्मीले गणित पढाउंदा जानिन । खै, कुन सनकमा 'तंलाई के मतलब?' भनेछु ।
प्रत्युत्तरमा कसेर गाला तात्ने गरी एक चड्कन खाएं । येस्तो बलियो चड्कन परेछ कि त्यो भन्दा पछी आफुं भन्दा ठुलो मान्छेलाई 'तं' भन्ने दुस्साहस कहिले गरिन ।
दुई कक्षा पढ्दा औसत मात्रा पढाई भयो भनेर फेरी दुईमा भर्ना गरेर बाबा बुटवल जानुभयो । एता मलाई फेरि कक्षा तिनमा नै लग्दिनुभयो गुरुहरुले । पछी तीन कक्षाको अन्तिम ताका त बाबाले तीन दोहोर्याउने नै भनेर अड्डी कस्नुभयो । दोस्रो पटक तीन पढ्दा ताका प्यारालाल कुर्ताको फेशन थियो । सबैले लगाउने फेशनको कुर्ताको माग त मैले नि गर्ने नै भएं ।
माग अनुसारको कुर्ताको कपडा त आयो । बाबाले अरुको भन्दा राम्रो लुगा ल्याईदिएको छु, तर पाउन मेहनत चाहिन्छ । एउटा शर्त पुरा गरेसी बल्ल लुगा पाईन्छ भन्नुभयो । शर्त के रहेछ भन्दा मम्मीले १०० वटा सामान्य अङ्रेजी शब्द को हिज्जे र नेपाली अर्थ कापीमा लेखेर तयार पार्नुभएको रहेछ । त्यो कण्ठस्त नपारुन्जेलसम्म त्यो कुर्ता लगाउन त के हेर्न पनि नपाईने रे ।
बिदाको बेला मामाघर जाने त अनिवार्य जस्तै थियो । त्यो पाली मामाघर जांदा हातमा कापी थियो र कल्पनामा चैं नयाँ कुर्ता कहिले लगाउने भन्ने मात्र थियो । सबै जना रमाइलो गर्दा आफुलाई नया कुर्ताको याद आउंथ्यो र पढ्न बस्थें । मामा माइजु, कस्ती ज्ञानी भान्जी भन्नुहुन्थ्यो । भान्जीलाई ज्ञानको भन्दा नि नयाँ कुर्ताको धुन पो थियो त ।
त्यो १०० शब्द जानेर घर फर्किएं । शर्त अनुसार त्यो कुर्ता हेर्न र लगाउन पाईयो । जीवनमा धेरै कपडा लगाये नि त्यो कपडा मलाई आज पनि बिशेष लाग्छ, सांचो मानेमा त्यो चैं मेहनतले आर्जेथें जस्तो लाग्छ । आज पनि जब Bournville चकलेटको बिज्ञापनमा 'Have you earned it? भन्दा मलाई ति सय शब्द र त्यो पहेँलो कुर्ताकै याद आउंछ ।
चार कक्षा पढ्ने बेला निजी स्कुल खुल्यो । निजी स्कुलमा भर्ना गर्दिनुभयो, जहां अङ्रेजीमा पढाई हुन थाल्यो । त्यी १०० शब्दले गर्दा अङ्रेजी माध्यममा पढ्न सम्भब भयो । पछी कसो कसो मेजर अङ्रेजी पढें । ती सय शब्द जो लगभग प्रत्येक दिन जस्तो प्रयोग हुन्छन् । तीनै सय शब्द जीवन पर्यन्तको लागि अाधार बन्नेछन् एती महत्व राख्नेछन भन्ने के थाहा । त्यो बेला चांडो भन्दा चांडो नयाँ लुगा लगाउने धुनमा जानेको ति शब्दले अहिले कती लुगा फटाइसके, तर शब्द भने ज्युंका त्युं छन् । उस्तै जीवन्त सधैं ।
अं सांच्ची, गुरु पुर्णिमाको शुभकामना । मम्मीलाई झनै बिशेष शुभकामना ।
आज गुरु पुर्णिमा, केही सम्झिन मन लाग्यो ।
त्यसो त सबैको लागि आमा नै पहिलो गुरु । मेरो मम्मी त झनै पेशाले नै गुरु ।
दुई कक्षा हुंदा मम्मीले गणित पढाउंदा जानिन । खै, कुन सनकमा 'तंलाई के मतलब?' भनेछु ।
प्रत्युत्तरमा कसेर गाला तात्ने गरी एक चड्कन खाएं । येस्तो बलियो चड्कन परेछ कि त्यो भन्दा पछी आफुं भन्दा ठुलो मान्छेलाई 'तं' भन्ने दुस्साहस कहिले गरिन ।
Image source: Internet |
माग अनुसारको कुर्ताको कपडा त आयो । बाबाले अरुको भन्दा राम्रो लुगा ल्याईदिएको छु, तर पाउन मेहनत चाहिन्छ । एउटा शर्त पुरा गरेसी बल्ल लुगा पाईन्छ भन्नुभयो । शर्त के रहेछ भन्दा मम्मीले १०० वटा सामान्य अङ्रेजी शब्द को हिज्जे र नेपाली अर्थ कापीमा लेखेर तयार पार्नुभएको रहेछ । त्यो कण्ठस्त नपारुन्जेलसम्म त्यो कुर्ता लगाउन त के हेर्न पनि नपाईने रे ।
बिदाको बेला मामाघर जाने त अनिवार्य जस्तै थियो । त्यो पाली मामाघर जांदा हातमा कापी थियो र कल्पनामा चैं नयाँ कुर्ता कहिले लगाउने भन्ने मात्र थियो । सबै जना रमाइलो गर्दा आफुलाई नया कुर्ताको याद आउंथ्यो र पढ्न बस्थें । मामा माइजु, कस्ती ज्ञानी भान्जी भन्नुहुन्थ्यो । भान्जीलाई ज्ञानको भन्दा नि नयाँ कुर्ताको धुन पो थियो त ।
Image Source: Internet |
चार कक्षा पढ्ने बेला निजी स्कुल खुल्यो । निजी स्कुलमा भर्ना गर्दिनुभयो, जहां अङ्रेजीमा पढाई हुन थाल्यो । त्यी १०० शब्दले गर्दा अङ्रेजी माध्यममा पढ्न सम्भब भयो । पछी कसो कसो मेजर अङ्रेजी पढें । ती सय शब्द जो लगभग प्रत्येक दिन जस्तो प्रयोग हुन्छन् । तीनै सय शब्द जीवन पर्यन्तको लागि अाधार बन्नेछन् एती महत्व राख्नेछन भन्ने के थाहा । त्यो बेला चांडो भन्दा चांडो नयाँ लुगा लगाउने धुनमा जानेको ति शब्दले अहिले कती लुगा फटाइसके, तर शब्द भने ज्युंका त्युं छन् । उस्तै जीवन्त सधैं ।
अं सांच्ची, गुरु पुर्णिमाको शुभकामना । मम्मीलाई झनै बिशेष शुभकामना ।
No comments:
Post a Comment