Thursday, September 11, 2014

सजिब सपनाहरु

मेरा पनि छन्
केही सजिब सपनाहरु ।

तर पनि, छ डर,
बाढिले बगाउला कि?
पहिरोले खसाउला कि?
हुरिले उडाउला कि?
कसैले उखेलिदेला कि?

अहँँ, कदापी दिनेछैन म
मेरा सपनालाई, बस्तु झै मोल मोलाई
अनी नापतौल गर्नलाई
दिनेछैन म, सपनाको आहुती ।

मेरा सपना नै बन्ने छन्
मेरो लागि शक्ति ।  
मेरा सपना नै बनीरहनेछन्
मेरो लागि शक्ति ।