Thursday, November 24, 2016

तिमी र म

धन्नै गरिएको थियो भ्रुणमै हत्या
तिम्रो जन्म  वाहवाही,
म जन्मदां , लौ नानी भएछ ज्या ।

तिमी हांसे 'वाह क्या सेन्स अफ ह्युमर'
म हाँसे, उत्ताउलीको रिउमर ।
जवाफ दिये मुखाले ।
बाहिर हिँडे छाडा
आदेश छ कडा, नजानु टाढा ।

जे भन्यो त्यही माने असल र जाती ।
नाइ भने तेजाब म  माथि ।

जती पढे नि, जागिर गरे नि ।
बस्तुसरी तौलने,
नपुगे दाईजो,
होमिदिने आगो ।


तिम्रो काम, तेस्पछी आरामै आराम ।
मेरो काम,
घर, परिवार, स्याहार
अनी तिम्रो फर्मान ।

अन्त्यमा म भुइमान्छे,
तिमी पो मानब, महामनाब ।

भोजको फरक स्वाद


सबै जनाको सोख फरक फरक हुन्छ । कोही ठाटिएर भोज खान जानुको लागि मरिहत्ते गर्छन । कोही भने मरिगये भोज खान जान मान्दैनन । 

सानो बेला कतै भोज खान जान मलाई एकदम दिक्क लाग्थ्यो । त्यो बेला गुन्द्रीमा अथवा चौरमा बसेर खान खान पर्थ्यो । मलाई भोजको स्वाद भन्दा नि खुल्ला चौरमा टुक्रुक्क बसेर खाना खानु एकदमै झन्झटिलो जस्तो लाग्थ्यो । त्यो बेला हाम्रो गाउ तिरको भोजमा बन्दाको तरकारी, फर्सीको तरकारी, मुलाको अचार हुन्थ्यो, प्राय सबै भोजमा । मलाई फर्सी र बन्दा खासै मन पर्दैनथ्यो । तेसैले किन मरिहत्ते गर्ने होलान भुइमा बसेर फर्सिको तरकारी खान? जस्तो लाग्थ्यो । आजकाल फर्सी, मुला अनी बन्दा स्वास्थ्यको लागि कती लाभदायी छन भन्ने थाहा भयो, यि सबै तरकारी मिठो लाग्छ । अनी निस्फिक्री चौरमा बसेर सानो तिनो गेट टुगेदर गर्दा कस्तो आनन्द लाग्छ । सबै कुराको समय हुन्छ भनेको पनि ठिकै होला । 

मेरो दाई भन्नुन्हुन्छ, 'थाहा छैन किन, मलाई ठुलो ठुलो रिसेप्सन पार्टीमा गएर भोज खान भन्दा घरमा मन्सुली चामल र मुसुरोको दालको झोल खान नै मनपर्छ' । 

दाइलाई 'किन एस्तो' भनेर प्रश्न गर्छौ र भोजमा जानुको फाईदाको फेहरिस्त सुनाउन प्रयास गर्छौ । 

दाईको जवाफ भने एकदम सिधा हुन्छ । मलाई एक त यो औपचारिक लुगा लगाएर जानु नै सजिलो लाग्दैन । अनी अर्को चै भोजमा त मलाई 'बिशेष' केही लाग्दैन । अनेक थरी खाना एउटै प्लेटमा हाल्यो । मन पर्ने कुराको स्वाद पनि मिसमास भएर झनै बेस्वाद जस्तो पो हुन्छ । अनी फेरी भएसम्मको राम्रो, महँगो लुगा अझै जुत्ता पनि कसेर गयो । धेरै जस्तो भोजमा बस्ने ठाउँ हुँदैन । बस्ने ठाउँ भये फेरी टेबल हुँदैन। टेबल र कुर्सी दुबै हुने भोज त एकदम दुर्लभ नै हुन्छन भन्दा नि हुन्छ । अनी भोज गयो । उभिएर खाना खायो । लुगा (शुटमा) खाना चुहिएला कि भन्यो । जुत्ता कसैले कुचिदेला कि पनि भन्यो । कहिलेकाही त पानीको गिलास अर्कोले पोखिदेला कि भन्ने हुन्छ । यि सबै तनाबको माझमा खाएको खानाको के स्वाद हुन्छ ? 

बरु घरमा आफ्नै ढंगले पलेटी कसेर खाना खान बेग्लै आनन्द आउछ । 

सोचेर ल्याउदा दाइको कुरामा नि दम छ जस्तो लाग्छ ।