सानो बेला छिमेकी दाईले भन्यो, 'बुझिस्, मेरो बा क्या आधुनिक, त्यो बेला नि आमाको कपाल थाई कट कपाल काट्देका ।'
थाईकट कपाल त्यो बेलाको फेशन थियो । आफुलाई नि थाईकट कपाल बनाउन कम रहर त लाको थिएन । आमालाई कपाल काट्ने कुरा गर्दा जहिले ' हुँदैन' मात्र भन्ने । उहांलाई मनाउन पनि यो कुरा सहायक सिद्द होला जस्तो लाग्यो । दगुर्दै आमा भाको ठाउँमा पुगेर एक शासमा सबै कुरा भनें ।
आमाले भन्नुभयो, 'त्यस्तो हैन छोरी । कुरोको चुरो अर्कै छ । ठुलोबुवाले रिसको झोकमा दिदी (तेरी ठुलिआमै) लाई अांसी (हंसिया) ले घांटिको पछाडि हान्नुभएको हो, अनी ठुलिआमैको चुल्ठो काटिएको हो । उहांको घांटिको पछाडि अझै पनि दाग छ । बास्तबिकता एकतिर, ब्याखा एकतिर ।'
दिमागमा अांसी लिएका ठुलोबाको अनुहार फनफनी नाच्यो । चिटचिट पसिना छुट्यो ।

No comments:
Post a Comment