Showing posts with label story. Show all posts
Showing posts with label story. Show all posts

Friday, February 17, 2017

Tea and Coffee



Tea and Coffee
just like the story of
you and me .


Close, but far,
ordered together,
yet placed separately,

Similar, but different.
intense, yet indifferent.

You and me,
just like the
story of tea and coffee.

Grateful to tea and coffee
for just being
similar to you and me.

Tuesday, May 20, 2014

म, पुस्तक र कथा

जब जब थाकेर कोठामा आउँछु, मेरो स्वागतमा रहन्छन् चाङका चाङ पुस्तक । यिनै चाङका चाङ पुस्तकले त रोक्छन् मलाई कोठा सर्नलाई पनि । कति पटक यो पाली त जसरी र्सछु भनेर ठान्छु, फेरी पुस्तकका चाङले छेकीदिन्छन् बाटो । यो महिना अब केही किन्दीन भन्छु, अनि पुस्तक पसल अगाडी पुग्ने वित्तीकै चुम्बकसरी तानिन्छु म । अनि सोच्छु, हेरौँ न, अनि फेरी एउटा त लिउँ न, अनि फेरी अर्को हेर्दा यो त संग्रहणीय पुस्तक पो रहेछ भन्यो अनि थपिन्छन् चाङमा केहि थान पुस्तक । कसरी म कोर्सवाहिरका पुस्तकमा यतिसाह्रो आकर्षित भएँ भनेर म अचम्म पर्छु । पढाईमा मध्यमभन्दा माथि नै रहे पनि कोर्सका किताब मेरो प्राथमिकतामा कहिले परेनन् । वा भनौँ, कक्षा लिएकै भरमा नै पार गरेँ कति तह । कोर्स पढ्नमा धेरै समय नखर्चे पनि किताब जम्मा पार्न भने म अगाडी नै आउँथे । मेरा मिल्ने साथीहरु जाँचको अघिल्लो दिनमा पुस्तकपसल गएर “थोरै पानाको सबैभन्दा स्लीम पुस्तक” को माग गर्दा मसँग भने लगभग सबै प्रकाशनगृृहबाट प्रकाशित कोर्ससामाग्री स्रग्रहीत हुन्थेँ, पढ्ने बेला ति मध्ये सबै कोर्सका पुस्तकले पालो भने पाउँदैनथे । 

जुनसुकै उमेरसमुहका व्यक्तिलाई उपहार दिँदा पहिलो पटक मेरो दिमागमा पुस्तक आउँछ । अनि त्यो व्यक्तिको पुस्तक प्रतिको अभिरुची, आवश्यकता र महत्व जस्ता आधारमा लेखाजोखा गरेपछि पुस्तक नै उपहार दिने वा नदिने बल्ल र्निक्यौल गर्छु । पुस्तक उपहार दिन उचीत लागुन्जेल अरु कुनै चिजलाई उपहारको रुपमा मेरो मनले स्वीर्कादैन । पछिल्लो पटक मैले पनि धेरै साथिहरुबाट पुस्तक उपहार पाउने गरेको छु ।  “पढौँ र ज्ञान बाँडौँ” को नारासहित पठन संस्कृतिको विकासमा लागि परेको ¥यान्डम रिर्डससगँको आवद्धताले त झन पुस्तकमोहमा घिउमा आगो थपेको सरह भएको छ । मलाई थाहा छैन, मलाई सवैभन्दा पहिले उपहारमा पुस्तक कसले दिनुभयो ? पक्कै बुबा वा ममिले नै होला । त्यसो त मामाघर जाने भनेवित्तीकै चार वित्ता उफ्रीनु कुनै नौलो कुरा होइन । झनै मामाघरमा हुने कथाका कितावको कारणले म चार वित्ता भन्दा पनि माथि उफ्रिन्थेँ । मामाघर पुगेर सबै जनासगँ सामान्य सन्चोविसन्चोको औपचारीकता पुरा हुनवित्तीकै म मामाको पुस्तकै पुस्तकैले भरिएको कोठामा पुग्थे । गरिमा, मधुपर्क लगायतका साहित्यीक श्रृंखलाको अलावा मामाको पुस्तकको आलमारीमा कथाका पुस्तक प्रशस्त हुन्थे । त्यो बेलासम्म उपन्यासबारे भने म जानकार थिइँन । अनि निदाउनुअघि मामाले सुनाउने कथाको विशेष स्थान थियो । जब म घर फर्किनुपर्ने दिन आउँथ्यो, तब मलाई मामाका आलमारीका पुस्तकहरु देखेर माया लाग्थ्यो, अनि यतिका पुस्तकसँग म किन सँधै रहन नपाउने होला भनेर दुख पनि । म घर आइसके पनि मन भने मामाघरको आलमारीका पुस्तकमा नै हुन्थ्यो ।

स्कुल जाँदा बाटोमा पर्ने ढाकाराम ठुलोबाकोमा पसेर “मुना” पत्रिका आयो भनेर सोध्नु त मेरो दैनिकी नै थियो । उहाँलाई रिस उठेको बेलामा त भन्नुहुन्थ्यो, “मुना मासीक बाल पत्रिका हो, गोरखापत्र वा कान्तीपुर जस्तो दैनिक पत्रिका होइन ।” त्यो भन्दा पछि चैँ रिसले मुरमुरिँदै खै के गुनगुन गर्नुहुन्थ्यो मैले भेउ पाईन । छनछन बज्ने सिक्का र मयल र पसिनाको पुरा एक तह सहितका पुराना नोट सहित ६ रुपैँया जम्मा गरेको पैसाले मुना पत्रिका खरिद गर्दा म आफैँलाई भाग्यशाली मान्थे । घर पुगेर हस्याङ्गफस्याङ्ग गर्दै गृहकार्य गर्नमा तम्सिन्थे, यहाँसम्म कि खाजा खान सम्म वास्ता गर्दैनथे । कसैले केहि नभनी गृहकार्य गर्न तम्सेको देखेपछि ममिले पढ्ने सामाग्रीको जोहोको लख स्वत काट्नुहुन्थ्यो । उहाँले पनि कहिलेकाँही स्कुलबाट केहि पुस्तक ल्याईदिनुहुन्थ्यो, धेरै जसो कथाका किताब । अनि फोहोर नपार्ने, अरुलाई नबाँड्ने, नच्यात्ने, नकेर्ने लगायतका र्शतसहित । शर्तको सूचि लामो भए पनि मेरो पुस्तकमोहको सामु त्यो मेरोलागि पहाड जस्तो पनि थिएन । पछि छिमेकका दिदिहरु कलेज जान थालेपछि उहाँहरुको कोर्सका र कोर्सबाहिरका पुस्तक मगाएर पढ्थेँ, उहाँहरुको नियमको सूचि त झनै ममिको भन्दा लामो हुन्थ्यो, अनि भनेको समयमा फिर्ता नगरे जरिवाना शूल्क लाग्ने सहित गरेर । यो बेलामा मन, मुलकबाहिर, बसाइँ लगायतका पुस्तक पढेको थिएँ ।

कक्षा ८ मा थिएँ, विज्ञान पढाउने सर आउनुभएको थिएन, त्यसैले खालि थियो तेस्रो पिरियड । बिहान रेडियोमा सुनेको समाचार अत्यन्तै रोचक लागेको थियो, त्यसैले सुनाउँदैथिए म साथिहरुलाई कसरी तत्कालिन प्रतिपक्षि दलका नेता माधव कुमार नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र वुझाउन साइकलमा सवार भएर गएको कुरा । मेरा साथिहरु निकै टक लगाएर सुन्दैथिएँ  । त्यतिकैमा मे रातोपिरो भएँ, प्राचार्य सर हातमा खिरिले लठ्ठी लिएर । पिटाई खाइनेमा हामी आश्वस्त नै थियौँ, साथैमा भनाई पनि । उहाँले पिटाईसगँै भन्नुभयो, “अहिलेलाई आफ्नै चिन्ता गरोैँ हजुर, देशको लागि प्रधानमन्त्री छन्, नाथे ८ कक्षाकोले किन देशको चिन्ता होला” । मुटुमा विझेको थियो सरको त्यो वाक्य । यो घटनाको करीब एक वर्ष पछाडि म कक्षा ९ मा हुँदा ताका ढाकाराम ठुलोबाकोमा हिमाल पाक्षिक पत्रिका आउँथ्यो । असोज १८को  लगत्तैको पत्रिका थियो, आवरणमा तत्कालिन राजा ज्ञानेन्द्रको तस्वीर भएको । समाचारमा भन्दा विश्लेषणमा मेरो रुचि बढ्न थालेको थियो अनि असोज १८ को भित्री कथा जान्ने उत्सुकताले किनेको थिएँ पत्रिका । त्रैमासिक परिक्षा चल्दै गरेकी छोरीको हातमा यस्तो पुस्तक देखेपछि बाबा रिसाउनुभएको थियो, हाललाई आफ्नै किताब तिर ध्यान दिम, अरुतिर ध्यान दिनलाई पुरै जिन्दगी छ । त्यती भनेर उहाँले हिमाल मेरो हातबाट लग्दा म भने मुर्तीजस्तै उभीएको थिएँ । एस.एल.सीको परिक्षा सकेर स्याङ्गजाको सदरमुकामबाट घर फर्कीदाँ मेरो कोठामा थिए केहि थान पुस्तक, पोखराबाट मगाईएका कोर्सका पुस्तक पो रहेछन्, त्यो पनि १०+२ का । आश्चर्यचकित मुद्रामा बुबालाई सोधेँ, “कसको हुन् यतिका नयाँ पुस्तक” । जवाफमा मेरा लागि रहेछ भनेर थाहा पाउँदा अचम्म मानेँ । अनि मलाई नसोधी कसले निर्णय ग¥यो मेरो पढाईको भनेर सोध्न मैले केही सेकेन्ड पनि कुरिन । विज्ञान लगायतमा खास रुची नराख्ने र अंग्रेजी राम्रै भएको लगायतका तथ्यलाई आधार मान्दै मेजर अंग्रेजीको निर्णय लिईएको सुनीरहँदा म भने कोर्समा नै साहित्य पढ्न पाइन्छ भनेर प्रफुल्लीत भाको थिएँ ।
http://canvassnap.blogspot.com/2013/05/book.html
स्नातक दोस्रो वर्षको परिक्षा सकेको रात म पढ्ने कुरा नभेटेर रातभरी निदाउन सकिन । परिक्षा हुनेबेलासम्म भने परिक्षा सक्नु पाए त मस्त निदाउँथे भन्ने थियो, तर परिक्षा सकेपछि पनि म निदाउन सकिन । विचित्र नै रहेच पढ्ने बानि पनि । जबजब म जोड्छु एउटा प्रसँगमा अर्को प्रसगँ,  साथीहरु भन्छन् “फेरी सुरु भयो तेरो कथा हैन, कति हो के कथा पनि, तेरो कथा सकिने दिन कस्तो होला” । मेरो कथा सकिने दिन त म कल्पना पनि गर्न सक्दिन । मेरो जिवनमा कथाको अनुपस्थिति भए म कति अधुृरो र रित्तो हुनेछु, सोच्दा पनि डर लाग्छ । कथाले जोडेको छ मलाई, मैले जोडेको छु कथा । मसगँ जिवित छन् कति कथा र कति कथाकै कारण जिवित छु म । मेरा सम्पुर्ण कथाको समाप्ती अर्थात सिंगो मेरो समाप्ती ।