मेरो एउटा साथी थियो, स्कुल पढ्दा ताका । खै, किन हो कुन्नी मलाई त उसको स्वभाब, हामी सबैको भन्दा अलिक भिन्न लाग्थ्यो । स्कुल आउन एकदम दिक्क लाग्छ भन्थ्यो उ । स्कुल कसरी नआऊने भनी बहाना बनाउन तल्लिन रहन्थ्यो । त्यसो त, पढाईमा ध्यान नदिएको भनेर उसले धेरै सजाय पाउथ्यो । अब सुध्रिन्छु भनेर कसम पनि खान्थ्यो । तर उसको बानी भने जहिले उस्तै । उसको बुवा भारत काम गर्नुहुन्थ्यो । त्यही शिलशिलामा उ पनि केही समय उतै बसेको थियो । त्यसैको असर होला शायद, उ अलिअली हिन्दी मिसाएर पनि बोल्थ्यो । अनी सर वा मिस नआएर कक्षा खाली हुँदा सबैलाई उक्साउदै अन्ताक्षरी खेल्ने बनाउथ्यो ।
फेरी फिल्म भनेपछी हुरुक्क हुन्थ्यो उ। फिल्म नै हेर्नको लागि सदरमुकाम जान्थ्यो उ । फिल्म फेरिएको थाहा पाउनासाथ झन्डै दुई घण्टा हिंडेर सदरमुकामको हल पुग्थ्यो । कहिले त एउटै फिल्म दुई तीन पटक पनि हेर्दोरहेछ, फिल्म फेरियो भनेर पाएको जानकारी गलत परेको बेला । त्यती मात्र कहाँ हो र, उ त अझै कक्षामा फिल्मको कथा भनेर बस्थ्यो । अनी फिल्म कथा सुनाउदा उ आँफै नायक झै गर्थ्यो । कहिले त उ फील्मका नाम मात्रै राखेर कथा पो लेखेर सुनाउथ्यो । साथीहरु माझ् निकै रवाफ देखाऊथ्यो । एक पटक नेपालीको गृहकार्य बुझाउदा उसले त्यही फिल्मको नामैनामले लेखेको कथा भाको कपी परेछ । मिसले उसलाई कत्ती गाली गर्नुभयो । उसकै शैलिमा नेपाली फिल्मकै नामसँग मिलाउदै "त त सार्है बिग्रिस नि बाबु" भन्नुभाको थियो उहाँले।
हामीलाई धिरेन शाक्य, राजेश हमाल, निखिल उप्रेती सबैलाई चिन्छु भन्न भ्याऊथ्यो उ । अझ कुन नायिका पर्दामा राम्री, कसको नाच राम्रो, को नायक असली नायक, को नाम मात्रैको नायक भनी बखान गरी बस्थ्यो, उ । कहिले त आफुले फिल्म खेल्ने अवसर पाएको तर भूमिका चित्त नबुझेकोले मात्र यहाँ भाको भन्थ्यो । एस्तो सुन्दा साथीहरु जिल्ल पर्दै हेरिरहन्थे उसलाई । हाम्रो तिर नजिकै भालुपहाड भन्ने ठाउँ थियो, जहाँ बेलाबेला फिल्मको छायांकन चल्थ्यो । एस्तो भेउ पाउनासाथ उ त्यतैतिर हानिन्थ्यो ।
एक पटक चैतताका हो क्यारे, हावाहुरीको कारणले काम गर्न नसकेर छायांकन अली दिनको लागि लम्बिएछ । उ छायांकन हेर्न भनी जाँदोरहेछ, अनी छायांकन नभएकोले उतै दिनभर बरालिदोरैछ । छायांकन टोलीले त्यो ठाउको काम नसकिन्जेल उ पढ्न स्कुल जानेवाला थिएन । दिनदिनै घरमा आमासँग कसरी जोगिने भनी उसले घोत्लिदै नयाँ जुक्ती निकालेछ । उसलाई थाहा थियो उसको आमाको हातमा घडी थिएन। त्यसो त त्यो बेला अहिलेजस्तो हात हातमा घडी हुँदैनथ्यो पनि । बिहान आमा खाना पकाउदै गर्दा उचित मौकाको खोजिमा रहन्थ्यो, उ, कसरी आमालाई समयको गलत भान पार्ने भनी । आमाले थाहा नपाउने गरी भालुपहाड पुग्ने भनी सोचिबस्थ्यो । अनी आमा खाना पस्किदै गर्दा उसको घरभरिमा भाको समय नाप्ने एउटा मात्रै चिज भित्ते घडीलाई १०:३० बनाउदोरैछ । स्कुल जाने बेला घर्किसक्यो भनेर आमाले स्कुल जान कर गर्नुहुन्नथ्यो, उसलाई त खोज्या जस्तै भयो । आमा घरमा हुन्जेल त उ घरमै बस्दोरैछ । अनी आमा मेलापातको लागि लाग्ना साथ भालुपहाड जादोरहेछ ।
आमा ऊसलाई ढिलो हुन्छ भनी छिटो उठेर खाना पकाउन थाल्नुभयो, तर जहिले ढिलो भईसक्थ्यो । यो शिलशिला धेरै दिनसम्म चलेर उ लगातार धेरै दिन उ स्कुल नगएपछी सोझी आमालाई समेत कताकता शंका पसेछ । यो बिचमा एक हप्ता बितिसकेको हुन्छ । छोराको चाला उहाले पत्ता लगाएपछी उहा उसलाई लिएर सोझै स्कुल पुग्नुभयो । स्कुलमा प्राचार्यलाई सबै कुरा सुनाउनुभयो । त्यसै झन्किने प्राचार्यको रिसको पारो चाढिहाल्यो । उहालाई एकै पटकमा दुइ थरी झोक चल्यो । पहिलो, विद्यार्थीले आमालाई छलेकोमा, दोस्रो झन्डै एक हप्ता बिद्यालय गयल भएकोमा ।
रिसले रातो आँखा पार्दै सरले बेस्मारी चुट्नुभयो । बिचरा, उस्ले कती पिटाइ खाको थियो । सरको छडिसँगै गालीको प्रसाद खाँदै गर्दा उस्का आँखा रसिला हुँदै गये । ठीक बिपरित सरका आँखा चै राता र चम्किला भये । सरको त अनुहार समेत रातो भको थियो, अनी आँखाको नानी कस्तो घुमेको घुमै भाको थिए । तर खै, सरले त कत्ती पनि दया देखाउनुभएन।
पिटाइ सँगै सरले भन्दै हुनुहुन्थ्यो ।
'अब समय घुमाउने कला जानेपछी त उल्टो सुल्टो जता घुमाये नि भयो नि । तिमीलाई एउटा सल्लाह के, किन समयलाई अगाडि लग्ने, बरु पछाडि लैजाउ हुन्न ? ए बाबु, कहाँ बाट सिक्यौ नी ?
ल, न मलाई पनि सिक्नुछ यस्तो अदभुद कला त !
म गुरु भएर सिकाउन पर्ने त सबै सिकाइसके, अब आजलाई म तिम्रो गुरु हैन, तिमी मेरो गुरु बन ल।
तिमी सिकाइदेउ है मलाई समयलाई उल्टो घुमाउन । यो विशेष ज्ञान सिक्न म आतुर छु । मलाई नी तिम्रै उमेरमा फर्किने रहर पो लाग्यो । भोली देखी त तिमी र म न गुरु न चेला, हामी त केबल साथी पो । त्यो पनि मिल्ने साथी ।
सर त अझै भन्दै जानुभयो । "क्या गज्जब, सँगै जाम्ला नी फील्म हेर्न, अनी भालुपहाडमा नायक/नायिका भेट्न । मलाई त नायिका सँग नाच्न नि मन छ । बाबु, आमालाई मात्र किन छल्छस, आइजा त र म छलौं सारा दुनियाँलाई । अनी सुन त, हामीसँगै घडी घुमाम्ला नि, हुन्न र । आइजा मिलेर उल्टो घुमाउँ यो समाज अनि सिंगो समयलाई ।"

Wow..really interesting.
ReplyDeleteThanks Lila.. Means a lot to me..
ReplyDelete