Showing posts with label gender test. Show all posts
Showing posts with label gender test. Show all posts

Monday, March 31, 2014

नजन्मेकी छोरीको वकपत्र

नजन्मीएकी छोरीको लागि
कति पटक लड्छ्यौ ?
मेराे मायामा अझै
कति जोखीम लिन्छ्याै ?

तिम्रै अंश म,
तिम्रै मुटु,
कति सुन्छ्यौ,
ति वचन कटु ।

नजन्मँदै म माग्दैछु आफ्नै मृत्यु ।
मायाको सुरक्षाकवच,
तिम्राे पेटमा त असुरक्षित छु
जन्मे नै भने पनि कहाँ सुरक्षीत हुन्छु ?

लिटोको पिठो किन्न तिमी जाँदा,
म अपहरण हुन सक्छु
आँगनमा खेल्दै गर्दा,
अचानक गायब वनाईन सक्छु ।

बाटोमा हिँड्दा
गिद्दे नजरको निशाना बन्न सक्छु
स्कुलमा, छिमेकमा, सार्वजनिक
यातायातमा प्रताडित हुन सक्छु ।

आफन्त वा अनजानबाट
वलात्कृत हुन सक्छु,
क्षमता भए पनि अवसरबाट
वञ्चित गराइन सक्छु,
कार्यकक्षमा नै र्दुव्यवहारको
शिकार हुन सक्छु ।

दाईजो नपुगेमा,
जिउदै जलाइन सक्छु,
तेजाबको होली खेलाइन सक्छु ।
जहाँ नजन्मिँदै विभेद गरिन्छ,
हेयले हेरिन्छ,
त्यहाँ जन्मिदाँ
कसरी म खुसी हुन सक्छु?

अामा, तिम्रो जस्तो साहस छैन
तिमी जस्तो साहसी छैन म
प्रत्येक पल भिडन्तको जीवन
बाँच्ने तागत छैन मेरो ।


नारकिय जीवन जिउनु छैन मलाई
यो हिंशा, यो घ्रीणा,
यो बिभेद, यो अपराध,
यो त्रास भन्दा
एक पटकको मृत्यु
अँगाल्न चाहन्छु ।

मेरो लागि यति धेरै पिँडा
किन सहन्छ्यौ ?
जीवन पाएमा
माया भन्दा ज्यादा घृणा
मायाले तिमीले दिएको
एक जीवनको मुल्य,
पल पल आँसुले चुकाउनेछु ।

आफुँसगैँ तिमिलाई समेत
पलपल मृत्युकाे आभास दिलाउनेछु ।
भैगो आमा, एक जीवन
दिएर धेरै मरण नदेउ ।

तिम्रै कोख प्यारो छ मलाई
विदा पनि यहीबाट देउ ।
बिन्ती छ आमा,
यो छोरीको वकपत्र सुन्देउ ।
मेरो लागि अब संघर्श नगर ।
अरुले मलाई पटक-पटक मार्नु भन्दा
बरु तिमी मलाई एकै पटक सप्रेम मार ।