सोचे जती सरल छैन जीवन, तर सम्झे जती जटिल पनि त छैन जीवन ।
Tuesday, March 13, 2018
सपना, बिपना र सम्झना
कानैमा मीठो साउती
गरेको जीवन
अचानक
मृत्यु बनेर उछिट्टिन्छ ।
धर्ती टेक्न तम्तयार पाईला
हुन्छन् खरानी
अंकमाल गर्न आतुर आफन्तहरु
बन्छन् मलामी ।
आकाश र धर्तीको सानो अन्तरमा
सपना बिलायो,
बिपना जल्यो,
जीवन सकियो,
रह्यो त केवल सम्झना ।
No comments:
Post a Comment