पोखरा । पोखरा । पोखरा ।
ल है सररर सिटमा बसी पोखरा । आउनुस, सिटमा बसेर पोखरा जान । पोखरा पोखरा भन्दै कन्डक्टर भटभटाउँदै गर्दा घ्याच्च रोकीयो मिनीबस । छिनछिनमा रोकीएको देख्दा यो गुड्ने खाले बस हो की रोकीने खाले बस भन्ने प्रश्न सल्वलाउँदै थियो । मजस्तै गाडीमा सवार अन्य यात्रु पनि आजित भएसकेका रहेछन् ।
कोही भन्दै थिए, “भाई, अव मान्छे भरीसक्यो, अव नरोकम, पोखरा पुग्दा रात पो पर्ने भयो त ”
“हुन्छ”
खचाखच यात्रु भर्ने बानी लागेको कन्डक्टर किन पो मान्थ्यो र । बसबाट झरेर पोखरा जाने मान्छे खोज्न थाल्यो ।
गाडी रोकीने वित्तीकै एक हुल पसे बसमा हातमा कोही थाल, कोही राता निला, पहेँला प्लाष्टीक झुण्डाउँदै । कतै हरियो काँक्रो, कतै पोलेको मकै, कतै स्याउ, कतै पापड, कतै मिठाई, कतै चाउचाउ, कतै चिज वल्स त कतै चिप्स । मोलतलाई, भाउ घटाघटको क्रम चल्दै गर्दा गाडी भन्दा पनि बजारको अनुभुती भईराखेको थियो ।
त्यतिकैमा एक व्यक्ति खाली गोडा र हातमा चप्पल लगाई सकी नसकी बसमा उक्लीए । उनका गोडा अलिक बाँगीएका थिए, गोडाले हिँड्न नमिल्ने भएकोले नै चप्पल हातमा लगाएका होलान् । उनलाई देख्ने वित्तीकै गाडीको ढोकानेरकै सिटमा बसेकी एक प्रौढ महिलाले १० रुपैँया दिइन् । उनकै सिको गर्दै उनी भन्दा पछाडीको सिटको व्यक्तीले पनि दिए, रु १० । पैसा पाएर पनि उनी हाँसेनन्, न धन्यवाद नै भने । पैसा दिएका यात्रुहरु मुखामुख गर्दै थिए । उनले पैसा सर्टको पकेटमा हत्तपत्त राखे । विस्तारै सर्टको माथिल्लो दुइँ वटा बटन खोलेर हात घुसारे भित्र । एकछिन कच्याककुचुक आवाज निस्कीदै थियो, उनले त सर्टभित्र राष्ट्रिय दैनिक पत्रिका पो ल्याएका रहेछन, रु १० पर्ने । एउटा एउटा पत्रिका हातमा थमाएर पछिल्ला सिटतर्फ घिस्रीनै लागेका थिए तर अघि १० रुपैँया दिएका द्धयले पत्रिका नपढ्ने र पैसा राख्न भने । उनी स्पष्ट बोल्न पनि सक्दारहेनछ्न्, टाउकोको इशाराले पत्रिका राख्न भने, द्धयले पत्रिका र्फकाएर पैसा राख भने । पत्रिका कुनै पनि हालतमा नलग्ने भएपछि उनले एकछिन अघि पकेटमा राखेको दुई वटा १० का नोठ फिर्ता गरे र गाडीबाट झरे ।
अरु व्यापारीहरु झरे र कन्डक्टरको सिट दिने आश्वासन पाएका ३ यात्रु वसमा पसे । ड्राइभरले गाडी बिस्तारै अघी बढायो । म त्यो स्वाभीमानीलाई गाडीको झ्यालबाट चियाँउदै थिएँ पछाडि, उनी फेरी अर्को बसमा सकीनसकी चढ्ने प्रयास गर्दैथिए र तय हुँदै थियो अर्को कठीन यात्रा ।
3 Dec, 2013 - International Day of Persons with Disabilities
Gairapatan, Pokhara
touchy story
ReplyDeleteNarayan
Love this, Mira. Thank you for sharing. Beautiful.
ReplyDelete