"पर्स... ?"
मैले हराएको पर्सको पुरा बेलिबिस्तार लगाइसक्दा झन्डै ६५ बर्षाक जस्ता देखिने हेराउने बाजेले प्रश्न तेर्साये ।
"हजुर, पर्स हरायो, बा ।"
"तर नानी, के हो पर्स भन्या ?
"पर्सलाई के भनेर बुझाउनु, म अकमक्क परे । के भनेर बुझौ भनी घोत्लिन खोजे ।
"अ... पर्स भनेको..."
म अनकनाउदै गर्दा बाजेले पुन: प्रश्न गरे ।
"पर्स, के हो फेरी यो पर्सा भन्या ?"
त्यतिकैमा भित्रबाट मसिनो स्वर निकाल्दै एक जना केटी निस्कीन् ।
"बेग के बुवा ।"
"ए, बेग । म ति केटीतिर हेर्छु ।"
"पर्स भनेको सानो बेग हो के बुवा । (बुवाले पर्स मात्रै नबुझ्नु भाको हो दिदी, बेग बुझ्नुहुन्छ)
"ए ए..."
"म उहाको छोरी ।"
"ए.."(एस्तो बुढो देखिने बाको छोरी त सानै उमेरकी रैछीन्, म हास्छु)
"नानी, मैले कुरा बुझे । छोटकरिमा भन्नुपर्दा, ग्रहले भेटिन्छ, भेटाउनेले दिन्न ।"
"लौ, बा, के हो त्यस्तो भन्या ?"
"कुरा सिधा नै त छ नानी ।"
"मैले त बुझिन, बा, "
"सच्चै नै बुझिनौ त, नानी ?"
"खै, बा.. मलाई त हजुरको कुरा गोलमटोल लाग्यो ।"
बाजेले अली चर्को स्वर निकाल्दै भने,
"ग्रहले भेटिन्छ,भेटाउनेले दिन्न भनेको नि । कुरा प्रस्ट नै त छ । .. तिम्रो ग्रहदशा त बलियो छ, तर भेटाउने मान्छे तिमी भन्दा झन जब्बर छ । तर जसले लगेको छ, उस्ले आँफैले दिदैँन भनेको नि । "
"आशा नै मारे भयो त बा ।"
"आशा नै मारिहाल्न परेन, तर खासै आशा पनि रहेन..कुरा त्यही हो, ग्रहले भेटिन्छ,भेटाउनेले दिन्न...।"
(कती घुमौरो कुरा गर्न जान्या रैछन)
"ल है त नानी । हेराउनेबाजेले बिट मारिहाले ।"
म हेराउनेबाजेबाट कत्ती पनि प्रभाबित भइन ।
(म निलो पचासको नोट दिदैँ) .."के गर्नु बा, पैसा जती सप्पै पर्ससंगै गयो ।"
(म निलो पचासको नोट दिदैँ) .."के गर्नु बा, पैसा जती सप्पै पर्ससंगै गयो ।"
बाजेले पैसा राखे ।
झन्डै ४० मिनट हिंडेर खोज्या हेराउने ठाउँ नि नमुना नै परेछ जस्तो लाग्यो ।
मेरा साथीहरुमाझ "ग्रहले भेटिन्छ,भेटाउनेले दिन्न" निकै चर्चित भयो ।
- - - - - -
झन्डै एक हप्ता पश्चात ।
"रिमा सिंह बोल्नुभाको हो?" मोबाइलमा लेन्ड्लाइनबाट आको कलमा एक महिलाको स्वर थियो ।
"हो, म रिमा नै बोलिराछु ।"
"तपाईं कहाँ हुनुहुन्छ?"
"म अफिस छु ।"
"उद्योग बाणिज्य संघ आउनुहोला, हजुरको पर्स् र कागजात भेटिएको छ, तर पैसा भेटिएन ।"
"म नजिकै हो, तुरुन्तै आउछु ।"
अफिस देखी नजिकै थियो,उद्योग बाणिज्य संघ । एकैछिनमा पुगे म । रिसेप्सनमा ४ जना कर्मचारी रैछन् ।
"ए, हजुर नै हो रिमा ।"
"हजुर । "
"कसरी भेटियो पर्स् ?
"हाम्रो बैठक कक्षको रेस्टरुममा रैछ । त्यहाको फ्लसबक्सले काम नगरेर बिग्रिएर मिस्त्री बोलाको । दुई वटा पर्स् पो निस्क्यो । अर्को त पुरै कुहिएको रैछ । तपाईंको चै केही भाको थेन ।"
"अनी मेरो नम्बर ?"
'
"काठमाडौं पोस्ट्को ग्राहक भाको बिल रैछ, तपाईंको नम्बर त्यस्बाट नै पाको । "
"गज्जब भयो त । मैले त भेटाउने आशा नै मारिसक्याथे । हजुरहरुलाई धेरै धन्यवाद । "
पैसा नै नभेटिये पनि,कागजात,परिचय पत्र र एटिएम कार्ड सहित् पर्स् फेला पारेर दिने उद्योग बाणिज्य संघका कर्मचारीप्रति धन्य हुँदै, दंग पर्दै फर्किये ।
पैसा नै नभेटिये पनि,कागजात,परिचय पत्र र एटिएम कार्ड सहित् पर्स् फेला पारेर दिने उद्योग बाणिज्य संघका कर्मचारीप्रति धन्य हुँदै, दंग पर्दै फर्किये ।
धेरै बेरसम्म हेराउने बाजेको अनुहार र बोली दीमागमा घुमिरह्यो ।
ग्रहले भेटिन्छ, भेटाउनेले दिन्न । ग्रहले भेटिन्छ, भेटाउनेले दिन्न ।